२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई दुबई लैजान पाउनुपर्ने भन्दै क्यानले राखेपलाई पठायो पत्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट खेल्न विदेश लैजान पाउनुपर्ने भन्दै नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ । सन्दीपलाई विदेश लैजानेबारे पहल गरिदिन भन्दै पत्र पठाइएको हो ।

क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ । योसँगै सन्दीपको तर्फबाट समेत खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी पनि भएको छ ।

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ । सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता सराजे घिमिरेले रिट दायर गर्न लागेका हुन् ।

नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशपछि थुनामा रहेका सन्दीप उच्च अदालत पाटनको जारी आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए ।

अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो । उक्त सर्तअनुसार नै उनी खेल्नका लागि नेपालबाहिर जान पाउने छैनन् । त्यहि सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै रिट दायर गर्न लागिएको हो ।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा सन्दीपको प्रदर्शन उच्च रहेको थियो । घरेलु मैदानमा भएको लिग २ मा चारै खेलमा सन्दीपले विकेट लिएका थिए । उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ गरी चार खेलमा १३ विकेट लिएका थिए ।