५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक प्रणाली र शासकीय स्वरुपमा पुनरविचार हुनुपर्छ: कमल थापा



file photo
अ+ अ-

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाका विषयमा पुनरविचार हुनुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशको बुटवलमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले मुलुकमा शान्ति र समृद्धिको अनुभव नभएको बताउनुभयो । यस्तो अवस्थामा राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाबारे पुनर्विचार तथा विकल्पमा बहस सुरु गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले विगतमा राष्ट्रपतिले स्वार्थ देखाएकाले नै राजनीतिक दलहरुबीच खिचातनी बढेको बताउनुभयो । अब निर्वाचित हुने राष्ट्रपतिले राजनीतिक दलका स्वार्थअनुसार काम गर्न नहुने उहाँको भनाइ थियो ।

राजनीतिक दलहरुको अस्थिरताका कारण नै मुलुकको एकता र संविधानमा धरापमा परेको भन्दै अध्यक्ष थापाले मुलुकमा विदेशी चलखेल बढ्नुमा पनि राजनीतिक दलहरु नै दोषी रहेको बताउनुभयो ।