• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड ★   रन्जिताले लेखिन् कविता ‘तानाशाही प्रवृती’ ★   आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु: बामदेव गौतम  ★   नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु ★   सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गनुहोस: प्रधानमन्त्री ★   नेपालले आज इंग्ल्यान्ड ‘सी’ सँग खेल्दै ★   टी–२० विश्वकपलाई लिएर आतंकवादबाट धम्की आयो !

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक



काठमाडौँ । आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का एक सदस्य बराबर ७९ र प्रदेशसभाका एक सदस्य बराबर ४८ मतभार रहेको छ ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि भोलि १२ गते बिहीबार १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरीउपर फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

फागुन १३ गते राष्ट्रपति पदका लागि मनोनयन दर्ता हुनेछ भने २५ गते मतदान हुनेछ ।