• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक



काठमाडौँ । आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का एक सदस्य बराबर ७९ र प्रदेशसभाका एक सदस्य बराबर ४८ मतभार रहेको छ ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि भोलि १२ गते बिहीबार १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरीउपर फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

फागुन १३ गते राष्ट्रपति पदका लागि मनोनयन दर्ता हुनेछ भने २५ गते मतदान हुनेछ ।