२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत छन सङले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान राजदूत सङले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

राष्ट्रपति निर्वाचन नजिकिएका बेला राजदूत सङले प्रधानमन्त्री प्रचण्डलाई भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ । यसअघि राजदूत सङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार साँझ बालकोटमा भेटवार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बुधबार भएको भेटमा राजदूत सङले प्रधानमन्त्रीलाई बोआओ फोरमका लागि निम्तो दिएको जानकारी दिनुभएको छ ।