२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ: क्रिकेटर लामिछाने



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज मा बिजेता बनेपछि देशले क्रिकेट जितेको भन्दै सबै प्रति आभार व्यक्त गरेका छन् ।

उनिमाथि लागेको आरोप अदालतमा बिचाराधिन अबस्थामा रहेकै बेला मैदानमा उत्रिएका सन्दीपले सामाजिक संञ्जालमा लेखेका छन्-

मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु ।

घरेलु मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा चारै खेलमा सन्दीपको सानदार प्रदर्शन रहेको थियो । उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ गरी चार खेलमा १३ विकेट लिएका थिए ।

अबका केही खेल यूएइमा हुने छ तर अदालतको आदेशले सन्दीप मुलुक बाहिर जान पाउने छैनन । हिजो उनलाई यूएइ भ्रमणमा समावेश गर्न मागसहित टियु मैदानमा नाराबाजी समेत भएको थियो ।