२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ: क्रिकेटर लामिछाने



अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज मा बिजेता बनेपछि देशले क्रिकेट जितेको भन्दै सबै प्रति आभार व्यक्त गरेका छन् ।

उनिमाथि लागेको आरोप अदालतमा बिचाराधिन अबस्थामा रहेकै बेला मैदानमा उत्रिएका सन्दीपले सामाजिक संञ्जालमा लेखेका छन्-

मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु ।

घरेलु मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा चारै खेलमा सन्दीपको सानदार प्रदर्शन रहेको थियो । उनले नामिबियासँगको पहिलो खेलमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए भने स्कटल्याण्डसँगको पहिलो खेलमा २७ रन खर्चेर ३ तथा नामिबियासँगको दोस्रो खेलमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरी स्कटल्याण्डसँगको दोस्रो खेलमा ४५ रन खर्चेर ४ गरी चार खेलमा १३ विकेट लिएका थिए ।

अबका केही खेल यूएइमा हुने छ तर अदालतको आदेशले सन्दीप मुलुक बाहिर जान पाउने छैनन । हिजो उनलाई यूएइ भ्रमणमा समावेश गर्न मागसहित टियु मैदानमा नाराबाजी समेत भएको थियो ।