२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

करण केसीसँग पार्टनरसिप बनेपछि जित्छौं भनेर आँट आयो: कप्तान रोहित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दशौं नम्बरमा ब्याटिङमा आएका करण केसीसँग केही पार्टनरसीप बनेपछि अब जित्छौं भनेर आत्मविश्वास बढेको बताएका छन् ।

‘करण दाइ र मैले एक–एक रन बटुल्दै जितौं भनेर योजना बनाइरहेका थियौँ । ओभर टन्नै थियो, त्यसैले एक एक रन बटुलेर पनि जित्नु पर्छ भनेर खेलेका थियौँ ।’ रोहितले भने ।

उनले आईसीसी क्रिकेट विश्वकप लिग टूको खेलमा स्कटल्याण्डविरुद्ध नेपाललाई ऐतिहासिक जित दिलाउन नट आउट ९१ रन बनाएका थिए ।

रोहितले ५–६ विकेट गुमाउँदासम्म जित्ने विश्वास रहे पनि त्यसपछि लगातार विकेट गएपछि के हुने हो भन्ने दबाव परेको बताए । तर ८ विकेट गुमाएपछि ब्याटिङमा आएका करण केसीसँगको साझेदारी जमेपछि आफूमा जितिन्छ भनेर विश्वास बढेको रोहितको भनाई छ । नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान रोहित ‘प्लेयर अफ द म्याच’ घोषित भए ।