२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

करण केसीसँग पार्टनरसिप बनेपछि जित्छौं भनेर आँट आयो: कप्तान रोहित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले दशौं नम्बरमा ब्याटिङमा आएका करण केसीसँग केही पार्टनरसीप बनेपछि अब जित्छौं भनेर आत्मविश्वास बढेको बताएका छन् ।

‘करण दाइ र मैले एक–एक रन बटुल्दै जितौं भनेर योजना बनाइरहेका थियौँ । ओभर टन्नै थियो, त्यसैले एक एक रन बटुलेर पनि जित्नु पर्छ भनेर खेलेका थियौँ ।’ रोहितले भने ।

उनले आईसीसी क्रिकेट विश्वकप लिग टूको खेलमा स्कटल्याण्डविरुद्ध नेपाललाई ऐतिहासिक जित दिलाउन नट आउट ९१ रन बनाएका थिए ।

रोहितले ५–६ विकेट गुमाउँदासम्म जित्ने विश्वास रहे पनि त्यसपछि लगातार विकेट गएपछि के हुने हो भन्ने दबाव परेको बताए । तर ८ विकेट गुमाएपछि ब्याटिङमा आएका करण केसीसँगको साझेदारी जमेपछि आफूमा जितिन्छ भनेर विश्वास बढेको रोहितको भनाई छ । नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका कप्तान रोहित ‘प्लेयर अफ द म्याच’ घोषित भए ।