७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

भारतसँगको दोस्रो टेस्टमा अस्ट्रेलिया ६ विकेटले पराजित

भारतसँगको दोस्रो टेस्टमा अस्ट्रेलिया ६ विकेटले पराजित
अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीले लगातार चौथो पटक बोर्डर–गावस्कर ट्रफी जितेको छ । दिल्ली टेस्टको तेस्रो दिन अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले सिरिजमा २–० को अग्रता समेत बनाएको छ ।

भारतको यो जितको नायक बने रविन्द्र जडेजा । उनले अस्ट्रेलियाको दोस्रो इनिङ्समा ४२ रन दिएर ७ विकेट लिएका थिए । जसका कारण अष्ट्रेलिया टोली ११३ रनमा मात्र सिमित भयो । पहिलो इनिङ्समा एक रनको अग्रता लिएपछि भारतलाई जितका लागि ११५ रनको लक्ष्य दिइएको थियो । जहाँ भारतले ४ विकेट गुमाएर पुरा गर्यो ।

चेतेश्वर पुजारा र कप्तान रोहित शर्माले ३१–३१ रन बनाए । विराट कोहलीले २० रनको इनिङ खेले । पहिलो इनिङ्समा भारतले २६२ र अष्ट्रेलियाले २६३ रन बनाएको थियो ।

दुई टेस्ट बाँकी रहँदै कसरी भारतको नाममा ट्रफी ?
यो शृङ्खलामा अझै दुई टेष्ट खेलहरू बाँकी छन् । अष्ट्रेलियाले ती दुवै जितेर २–२ को बराबरी गर्न सक्नेछ । यस्तो अवस्थामा दुई खेल जितेर मात्र ट्रफी भारतको नाममा कसरी भयो भनेर जिज्ञासा रहन सक्छ । किनभने पछिल्लो बोर्डर गावस्कर ट्रफी भारतले जितेको थियो । दुई टोलीबीचको टेष्ट शृंखला ट्रफीका लागि हुँदा, सिरिज बराबरीमा परेमा पनि ट्रफी पछिल्लो पटक कब्जा गर्ने टोलीले लैजान्छ । ‘एशेज’मा पनि त्यस्तै हुन्छ ।

कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान
विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने ब्याट्सम्यान बने । उनले ५४९ इनिङ्समा यो स्थान हासिल गरेका हुन् । कोहलीले सचिन तेन्दुलकरको ५७७ इनिङ्सको कीर्तिमानलाई पछाडि छोडे । समग्रमा उनी विश्वका छैटौं ब्याट्सम्यान बनेका छन् भने भारतीयमा कोहली दोस्रो स्थानमा छन् ।