२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको दोस्रो टेस्टमा अस्ट्रेलिया ६ विकेटले पराजित



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीले लगातार चौथो पटक बोर्डर–गावस्कर ट्रफी जितेको छ । दिल्ली टेस्टको तेस्रो दिन अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले सिरिजमा २–० को अग्रता समेत बनाएको छ ।

भारतको यो जितको नायक बने रविन्द्र जडेजा । उनले अस्ट्रेलियाको दोस्रो इनिङ्समा ४२ रन दिएर ७ विकेट लिएका थिए । जसका कारण अष्ट्रेलिया टोली ११३ रनमा मात्र सिमित भयो । पहिलो इनिङ्समा एक रनको अग्रता लिएपछि भारतलाई जितका लागि ११५ रनको लक्ष्य दिइएको थियो । जहाँ भारतले ४ विकेट गुमाएर पुरा गर्यो ।

चेतेश्वर पुजारा र कप्तान रोहित शर्माले ३१–३१ रन बनाए । विराट कोहलीले २० रनको इनिङ खेले । पहिलो इनिङ्समा भारतले २६२ र अष्ट्रेलियाले २६३ रन बनाएको थियो ।

दुई टेस्ट बाँकी रहँदै कसरी भारतको नाममा ट्रफी ?
यो शृङ्खलामा अझै दुई टेष्ट खेलहरू बाँकी छन् । अष्ट्रेलियाले ती दुवै जितेर २–२ को बराबरी गर्न सक्नेछ । यस्तो अवस्थामा दुई खेल जितेर मात्र ट्रफी भारतको नाममा कसरी भयो भनेर जिज्ञासा रहन सक्छ । किनभने पछिल्लो बोर्डर गावस्कर ट्रफी भारतले जितेको थियो । दुई टोलीबीचको टेष्ट शृंखला ट्रफीका लागि हुँदा, सिरिज बराबरीमा परेमा पनि ट्रफी पछिल्लो पटक कब्जा गर्ने टोलीले लैजान्छ । ‘एशेज’मा पनि त्यस्तै हुन्छ ।

कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान
विराट कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २५ हजार रन बनाउने ब्याट्सम्यान बने । उनले ५४९ इनिङ्समा यो स्थान हासिल गरेका हुन् । कोहलीले सचिन तेन्दुलकरको ५७७ इनिङ्सको कीर्तिमानलाई पछाडि छोडे । समग्रमा उनी विश्वका छैटौं ब्याट्सम्यान बनेका छन् भने भारतीयमा कोहली दोस्रो स्थानमा छन् ।