२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गुमेपनि राष्ट्रपति काँग्रेस कै बन्छ: विश्वप्रकाश शर्मा



फाईल फोटो
अ+ अ-

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

आइतबार सुर्खेतमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले दलीय सहमतिमा नै कांग्रेसबाट राष्ट्रपति बन्ने दाबी गरेका हुन् ।

यसअघि सरकार बनाउँदा कांग्रेसको कमजोरीका कारण नेतृत्व गुमेपनि पुरानै दलीय सहमतिमा राष्ट्रपति बन्ने महामन्त्री शर्माले बताए । ‘सरकारको नेतृत्व गुमेकोमा अहिले कसैलाई दोष दिनु छैन, २५ गते राष्ट्रपतिका लागि निर्वाचनपछि कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएको समाचार तपाईहरुले सुन्नुहुनेछ ।’, उनले भने, ‘एक हिसाबले हामीबाट सत्ता गुमेको हो, तर अबको राष्ट्रपति काँग्रेसको बन्छ ।’

महामन्त्री शर्माले कांग्रेस चुनावबाट सबैभन्दा ठूलो दल बनेपनि हातमा सत्ता नभएपछि कार्यकर्तामा निराशा पैदा भएको बताए । एमालेसँग माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला कांग्रेसले गरेको सहयोगको आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।