• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

राप्रपा काठमाडौँ क्षेत्र नं १ बाट पशुपति परिसरमा सफाइ -फोटो फिचर



राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं १ले पशुपति परिसर सर सफाई गरेको छ ।

शिवरात्रीको भोलीपल्ट राप्रपाले पशुपति क्षेत्र सफाई गरेको हो । राप्रपा बरिष्ठ उपाध्यक्ष रवीद्र मिश्र सहितका नेता तथा कार्यकर्ता र सुभेच्छुकहरुले पशुपति परिसर सर सफाइ गर्नुभएको हो ।

सफाई अभियान बारे मिश्रले सामाजिक संञ्जालमा लेख्नुभएको छ –

सन्सारमा सबैभन्दा फोहोर धार्मिक स्थल हिन्दूहरूकै हुन्छ!

शिवरात्रीको भोलीपल्ट – आज – राप्रपा काठमाडौँ क्षेत्र नं १ ले पशुपति परिसरमा सफाइ कार्यक्रम राखेको थियो। त्यहाँ पुग्दा मनै काटियो। जात्राको भोलिपल्ट अलिअलि फोहोर जहाँ पनि हुन्छ। तर यी फोटोमा देखिएको स्तरको फोहोर लज्जाजनक थियो।

सन्सारका विभिन्न देशमा मस्जिद जानोस्, गुम्बा जानोस्, चर्च जानोस्, प्राय सबै अत्यन्त सफा हुन्छ। हिन्दूहरूको मन्दिर जानोस्, अधिकांश ठाऊँमा यस्तै फोहोर हुन्छ। आस्थाको केन्द्र यति विघ्न फोहोर गरेर ‘धर्म’को कुरा गर्न सुहाउँदैन।

मठमन्दिर कसरी सफा राख्ने भनेर सिक्न टाडा जानु पर्दैन। भारतकै ‘कयौँ’ प्रमूख हिन्दू धार्मिक स्थलहरू अत्यन्तै सफा हुन्छन्। उनीहरूले कसरी व्यवस्थापन गर्दा रहेछन्, त्यत्तिमात्र बुझे पनि पुग्छ।

पशुपति क्षेत्र विकास कोषलाई सल्लाह: अर्को पटकदेखि फोहोर व्यवस्थापनको विषय शिवरात्रीभन्दा पहिले नै सोच्नुहोस् र योजनावद्ध रूपबाट काम गर्नुहोस्। धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।