२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल



अ+ अ-

काठमाडौँ । एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

मुख्य सर्जन डा सुनिल केसवानीको भनाइअनुसार नेता भण्डारीको दायाँ खुट्टामा ‘डिप इन्जुरी’ रहेका कारण सोचेभन्दा धेरै समय शल्यक्रियामा लागेको, तर खुट्टा सामान्य रहेको उपचार समन्वयमा सँगै रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो । दुवै खट्टाको शल्यक्रिया सम्पन्न भएको र दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने ‘अब्जर्वेसन’पछि मात्र निर्णय हुने नेता कँडेलले जानकारी दिनुभयो ।

बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बिहीबार बिहान निधन भएको हो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

उहाँको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । रासस




भर्खरै