३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन पाँच वर्षसम्म चल्छः विष्णु पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।

कैलालीमा भएको पार्टी कार्यक्रममा पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिलगायत सबै पदमा पूर्वसहमति अनुसार नै कार्यान्वयन हुने बताए । ‘नेपाली राजनीतिमा हल्ला एकातिर हुन्छ । घटना अर्कोतिर अगाडि बढ्छ । यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । पाँच वर्षसम्म सहयात्रा निरन्तर चल्छ।, उनले भने’

अर्थमन्त्री पौडेलले राष्ट्रका सबै दलहरु मिल्नुपर्ने ठाउँमा मिलेर जाने कुरालाई सकारात्मक लिन अनुरोध गरे ।