५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिश्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेर चर्चामा आउने गरेका डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमार्फत महिलालाई हिंसा हुने गरी अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको हो ।

अभिनेत्री करिश्मा मानन्धरले आफूलाई ‘डिजिटल भायोलेन्स’ गरेको भन्दै साइबर ब्यूरोमा किटानी जोहरी दिएकी थिइन् । एक युट्युब च्यानलसँगको अन्तरवार्तामा खनालले करिश्माको निजी जीवनबारे टिप्पणी गरेका थिए ।

पक्राउ परेका खनाललाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।