९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरीलाई भेट्न लोकल भाले सहित ध्यू र अण्डा



अ+ अ-

ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । गाउँपालिकाको कुनै वडामा सुत्केरी भएकालाई कि जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी तत्कालै भेट्न पुग्छन् । उनीहरु भेट्न जाँदा खाली हात जाँदैनन् । उनीहरुले लोकल भाले, घ्यू र अण्डा बोकेर भेट्न पुग्छन् ।

सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई मध्यनजर गरी गाउँपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई जोड दिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । सुत्केरी अवस्थामा आमाले पौष्टिकयुक्त खाना खान नपाउँदा आमा, नवजात शिशु स्वस्थ नहुने र शारीरिक समस्या आउने हुँदा चालू आर्थिक वर्षदेखि यो कार्यक्रमको सुरुआत गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाले हरेक सुत्केरीलाई एउटा लोकल भाले, एक माना घ्यू र एक क्रेट अण्डा वितरण गर्दै आएको छ । अध्यक्ष अधिकारी भन्नुहुन्छ, “सुत्केरीलाई दिइने भाले, घ्यू र अण्डा आयातित नभई गाउँमै महिलाले उत्पादन गर्नुभएको हो, किनकी स्थानीय उत्पादन राम्रो र गुणस्तरीय हुन्छ, अर्को कुरा महिलालाई उत्पादन र आर्थिकसँग जोड्नका लागि मद्दत पुग्छ ।”

‘सुत्केरी पोषणा’ गाउँपालिकाअन्तर्गतका सबै सुत्केरी महिलाले प्राप्त गर्नेछन् । यस वर्ष ३९ जना सुत्केरीलाई पोषण वितरण गरिनेछ । दश महिनाभित्रका महिलालाई यो सुविधा उपलब्ध गराइने गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत शेरबहादुर बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

उहाँका अनुसार गाउँपालिको सात स्थानमा स्वास्थ्यचौकी, तीन स्थानमा आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा रहेका छन् । दश वडा रहेको बडिगाडमा नौ ’बर्थिङ सेन्टर ’छन् । पछिल्लो तीन वर्षमा यहाँ ५० प्रतिशतले ‘होम डेलिभरी’ घटेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “गाउँपालिकाका दुरदराजमा अझै पनि घरमै सुत्केरी हुने चलन छ, हामीले यस विषयमा विभिन्न कार्यक्रम पनि ग¥र्यौं, पहिलेको तुलनामा आधा नै घटेको पाएका छौँ, अहिले वडास्तरबाटै ‘होम डेलिभरी’ शून्य पार्ने अभियान चलाएका छौँ ।” रासस