५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको अध्यक्षमा समिक र महासचिवमा नरेश विजयी



अ+ अ-

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट बडाल अध्यक्षमा विजयी भएका हुन् ।

बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत ल्याए । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाप्त गरे ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गए राति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । त्यस्तै महासचिवमा नरेश रोकाया विजयी भएका छन् । उनले ७३३ मत प्राप्त गरे ।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, दीपक धामी, आशीर्वाद सुवेदी, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चयन भएका छन् ।