१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले नोबेल पुरस्कार पाउन सक्ने !



अ+ अ-

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२२ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सक्ने बताइएको छ । 

अधिकांश युरोपेली नेताहरूले नोबेल पुरस्कार समितिलाई नोबेल पुरस्कारको लागि जेलेन्स्कीको नामांकन प्रक्रिया मार्च ३१ सम्म बढाउन आग्रह गरेका हुन् । 

२०२२ को नोबेल शान्ति पुरस्कारका लागि २५१ व्यक्ति र ९२ संस्थाले आवेदन दिएका छन् ।

युरोपेली नेताहरूले नोबेल समितिलाई भने – 'मार्च ३१, २०२२ मा राष्ट्रपति जेलेन्स्की र युक्रेनका जनताका लागि नोबेल शान्ति पुरस्कार मनोनयन प्रक्रिया पुनः खोलियोस् । यो अनुरोधलाई विचार गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं ।'

बयानका अनुसार युरोपेली नेताहरूले समितिलाई सन् २०२२ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन प्रक्रिया पुनः खोल्न र मनोनयनहरूमा पुनर्विचार गर्न आग्रह गरेका छन्। यस वर्षको नोबेल पुरस्कार अक्टोबर ३ देखि १० सम्म घोषणा गरिनेछ ।

यसैबीच रुस–युक्रेन युद्ध भएको २२ दिन पुगेको छ । रुसीहरूले अहिले युक्रेनको पश्चिमी क्षेत्रहरूमा आक्रमण गरिरहेका छन् । दुवै देशका नेताबीच पटकपटक विभिन्न तहमा बैठक बसे पनि अहिलेसम्म ठोस नतिजा निस्कन सकेको छैन। जसका कारण युक्रेनका छिमेकी देशहरूमा शरणार्थीहरूको आगमन बढेको छ ।