२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँः मुख्यमन्त्री गिरी



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेश छैटौँ स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा आयोजित कार्यक्रममा उहाँले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमूना सहरका रुपमा विकास गर्ने योजनासहित सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशवासीलाई सुन्दर र नमूना राजधानी सहर हस्तान्तरण गर्नेछौँ ।”

मुख्यमन्त्री गिरीले ‘समृद्ध प्रदेश, आत्मनिर्भर जनता’ को अभिभारा पूरा गर्न लागिपरेको भन्दै सरकारको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो । “मिनी नेपालका रुपमा रहेको लुम्बिनी प्रदेशलाई मुलुककै उत्कृष्ट र नमूना प्रदेश बनाउने अभियानमा सरकार लागिपरेको छ”, उहाँले भन्नुभयो, “हामी जनतालाई समृद्ध र आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ, नागरिकलाई परिवर्तनको आभाष दिलाउने गरी काम गर्छौँ ।”

प्रदेशको समृद्धिका आधार खोजी गर्दै सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री गिरीले प्रदेशको समृद्धिका आधारको खोजी पहिल्याउने बताउनुभयो । उहाँले कृषि र पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको आधार खडा गरेर लुम्बिनीलाई समृद्ध र समुन्नत प्रदेश बनाउने बताउनुभयो ।

पूर्वाधारको विकासले मात्र प्रदेश समृद्ध नहुने बताउँदै मुख्यमन्त्री गिरीले जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । “समृद्धिसँग पूर्वाधार विकासलाई मात्र जोड्ने गरिन्छ । पूर्वाधारको विकास हुँदैमा मुलुक समृद्ध बन्दैन”, उहाँले भन्नुभयो, “जनताको जीवनस्तरमा सुधार नआउँदासम्म समृद्धिको अर्थ रहँदैन भन्ने विषयलाई आत्मसात् गर्दै सरकारले पूर्वाधारको विकाससँगै नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम पनि सँगसँगै अगाडि बढाउँछ ।”

सङ्घीयता कार्यान्वयनका लागि प्रदेश सरकारका पाँच वर्ष उपलब्धीमूलक रहेको बताउँदै मुख्यमन्त्री गिरीले पूर्वाधार र कानुनको अभावमा शून्यबाट कार्य प्रारम्भ गरेको प्रदेश सरकारले पाँचवर्षमा ७२ वटा कानुन निर्माण गरेको स्पष्ट पार्नुभयो । प्रदेशवासीले अपनत्व महसुस गर्नेगरी प्रदेशको राजधानी र नामकरण टुङ्गो लगाएको बताउँदै सङ्घीयता कार्यान्वयनसँगै अब विकास र समृद्धिको यात्रालाई तीव्ररुपमा अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले पूर्वाधार अभावमा सरकारका सम्पूर्ण संरचना राजधानीस्थलमा स्थानान्तरण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारको अभावमा सरकारका सबै कामकारबाही राजधानीस्थलबाट सञ्चालन गर्न सकिरहेका छैनौँ । अबको एक महिनाभित्र सरकारका सबै सेवा राजधानीस्थल राप्ती उपत्यका देउखुरीबाटै सुरु गर्ने गरी सरकार लागिपरेको छ ।”

कार्यक्रममा प्रदेशको कला संस्कृति झल्कने विभिन्न जातजाति, समुदायका सांस्कृतिक कार्यक्रमसहितका झाँकी प्रस्तुत गरिएका थिए । प्रस्तुत झाँकीअन्तर्गत दाङ घोराहीको मगर महिला समुदायको भुम्या नृत्य प्रथम, राप्ती गाउँपालिका–३ मगर समुदायको पञ्चेबाजा समूह द्वितीय, थारु समुदायको बड्का नाच तृतीय स्थान हासिल गरेका छन् । उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

प्रदेश सरकार स्थापना दिवसको अवसरमा प्रदेशमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका विभिन्न ६१ जनालाई विभूषित गरिएको छ । प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जीतबहादुर थापालाई विभूषित गरिएको छ ।

यादवलाई सङ्घीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योगदान पुर्याएको भन्दै विभूषित गरिएको हो ।

यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डा मोहिउद्दिन किदवाई र डा राजन पाण्डेलाई विभूषित गरिएको छ । डा किदवाईलाई नेपालमै अधिक शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारु समुदायमा रहेको सिकलसेल एनेमिया र थाले सिमियासम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाई उक्त रोगको उपचारलाई प्रभावकारी बनाउन अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो ।