२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा मधेश प्रदेशसभा बैठक अवरुद्ध



अ+ अ-

जनकपुरधाम । मधेश प्रदेशमा प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।

संसदीय दलको कार्यालयमा अतिथिलाई आउन मर्यादापालकले नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने भन्नेबारे जवाफ नआएसम्म बैठक चल्न नदिने बताउनुभयो ।

सभामुख रामचन्द्र मण्डलले सचेतक झालाई ‘तपाईंको पाहुना बम लिएर संसद् सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने कि नदिने’ भनी प्रश्न गर्नुभयो । प्रदेश सचिवायलभित्रै सबै दलको संसदीय दलको कार्यालय रहेका छन् । त्यसपछि १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।