१२ आश्विन २०८१, शनिबार
,
Latest
अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न – फोटोफिचर नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन चल्न नदिने नाउपाको चेतावनी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न संसद्समक्ष आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै अन्यथा सदन अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदैन तबसम्म सदन चल्न सक्दैन ।” सांसद चौधरीले प्रतिवेदन सार्वजनिक नगरे सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनुभयो ।

तराई, मधेस र थरुहट लगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाको सत्य–तथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठन भएको थियो ।

टीकापुर घटनाबारे ०७३ असोज ६ गते गठित आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि माग गर्दै आएका छन् ।