११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुनपर्ने सरकारी वकिल कार्यालयको भनाइ

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुनपर्ने सरकारी वकिल कार्यालयको भनाइ
अ अ+ अ-

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने बताएको छ । सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीका बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।

यसअघि लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पौडेलले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । कार्यालयले प्रहरी परिसरमा छानबिन चलिरहेको भन्दै जाहेरी दर्ता गर्नुनपर्ने बताएको हो । यसअघि लामिछानेको राहदानीका विषयमा सरकारी वकिलको कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण मागेको थियो ।

कार्यालयले जिल्ला प्रशासन कार्यालयबाहेका अरु कार्यालयबाट जवाफ नआएको बताएको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको अभिलेख भेटिएको जवाफ पठाएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्र त्यसको अध्ययन गरी थप निर्णय लिइने जनाएको छ ।