• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

कालीगण्डकीमा बस खस्दा १७ जना घाइते



पोखरा । मुस्ताङको जोमसोमेखि पोखरातर्फ आउँदै गरेको बस कालीगण्डकीमा खस्दा बसमा सवार १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङल गाउँपालिका–३ स्थित धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका हुन् ।

ना७ख ७४४० नम्बरको बस करिब ४५ मिटर तल खसेको हो । बसमा सवार सबै घाइत भएका छन् र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते दुईसहित १४ जनालाई उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइएको प्रहरीले जनाएको छ । बाँकी तीन जानको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बस सिधै पानीमा खसेको र नजिकै प्रहरी कार्यालय रहेकाले छिटो उद्धार हुँदा ठूलो क्षति हुन पाएन ।