१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकीमा बस खस्दा १७ जना घाइते



अ+ अ-

पोखरा । मुस्ताङको जोमसोमेखि पोखरातर्फ आउँदै गरेको बस कालीगण्डकीमा खस्दा बसमा सवार १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङल गाउँपालिका–३ स्थित धम्पु भन्ने ठाउँमा सडकबाट बस कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका हुन् ।

ना७ख ७४४० नम्बरको बस करिब ४५ मिटर तल खसेको हो । बसमा सवार सबै घाइत भएका छन् र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइते दुईसहित १४ जनालाई उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइएको प्रहरीले जनाएको छ । बाँकी तीन जानको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बस सिधै पानीमा खसेको र नजिकै प्रहरी कार्यालय रहेकाले छिटो उद्धार हुँदा ठूलो क्षति हुन पाएन ।