३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा बैठक: वार्षिक प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९’ पेश गर्नुभएको हो ।

त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभासमक्ष पेश गर्नुभयो । सो आदेश गत असोज २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको थियो ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य कर्मा घलेको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरियो । पूर्वसांसद घलेको हालै निधन भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते आइतबार १ बजे बस्नेछ । रासस