२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओडिआईमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बने रोहित



file photo
अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् ।

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाउँदै रोहितले यो सफलता हासिल गरेका हुन् ।

२०१८ मा नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालको लागि ओडिआई डेब्यू गरेका रोहितले ३३ खेलमा १ हजार रन पूरा गरेका हुन् । रोहितपछि ओडिआईमा धेरै रन बनाउनेमा ज्ञानेन्द्र मल्ल छन् । मल्लले २७ खेलमा ६ अर्धशतकसहित ७ सय ३४ रन बनाएका छन् ।