११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी
अ अ+ अ-

काठमाडौँ । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।”

कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उहाँ श्रीमानसँगै यही ठाउँमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गर्नुभयो । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

“गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौँ आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बाहना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो ।

मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजा सामग्री पसल यतिबेला आफूले सम्हालेको उहाँको भनाइ छ । “लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु”, उहाँले भन्नुभयो ।

मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधान पूजा गर्न आउनेको बढी भिड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भिड लाग्ने गरेको उहाँको अनुभव छ । “बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको रू दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास हुँदैन”, उहाँले भन्नुभयो, “शनिबार बढी भिड लाग्छ, औसतमा मासिक रू ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।”

यहाँ बिक्रीका लागि राखिने पूजा सामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ ।

महतरा जस्तै पूजा सामग्री बिक्री गर्दै आउनुभएकी सिन्धुपाल्चोककि रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकि छोरी र बहिनीको खर्च पूरा गर्नुभएको छ । उहाँले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाउनुभयो । “पूजा सामग्री बिक्रीबाट मासिक करिब रू ७० हजार आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।” उहाँ विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजा सामग्री तयार गर्नुहुन्छ ।

मन्दिरमा भेटिनुभएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजा सामग्री पसल चलाउनुभएको छ । विगत २५ वर्षदेखि पूजा सामग्री बेच्दै आउनुभएकी उहाँ हाल बबरमहल बस्नुहुन्छ । “श्रीमान ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार राम्रो कमाइ हुने दिन रू तीन हजारसम्म बचत हुन्छ भने कुनै दिन रू सात÷आठ सयमै चित्त बुझाउनुपर्छ ।

पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजा सामग्री बेच्दै आउनुभएका मदन बुुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट हुनुहुन्छ । उहाँलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै हुनुहुन्छ ।

मन्दिर व्यवस्थापन समितिले तोकेअनुसारका मानिसले मात्र मन्दिरमा पूजा सामग्री बिक्रीवितरण गर्ने गरेकोमा छ महिना अघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उहाँहरु मन्दिर छेउमा बस्न सुरु गर्नुभएको छ । पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उहाँहरुको गुनासो छ । रासस