• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी



काठमाडौँ । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजा सामग्रीको पसल राख्नू ।”

कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उहाँ श्रीमानसँगै यही ठाउँमा बसी पूजा सामग्री बिक्रीको व्यवसाय सुरु गर्नुभयो । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो ।

“गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौँ आइराख्नुपर्ने मलाई यो काम पाएपछि यसै बस्ने बाहना भने आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो ।

मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजा सामग्री पसल यतिबेला आफूले सम्हालेको उहाँको भनाइ छ । “लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु”, उहाँले भन्नुभयो ।

मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधान पूजा गर्न आउनेको बढी भिड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भिड लाग्ने गरेको उहाँको अनुभव छ । “बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको रू दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास हुँदैन”, उहाँले भन्नुभयो, “शनिबार बढी भिड लाग्छ, औसतमा मासिक रू ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।”

यहाँ बिक्रीका लागि राखिने पूजा सामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ ।

महतरा जस्तै पूजा सामग्री बिक्री गर्दै आउनुभएकी सिन्धुपाल्चोककि रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकि छोरी र बहिनीको खर्च पूरा गर्नुभएको छ । उहाँले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाउनुभयो । “पूजा सामग्री बिक्रीबाट मासिक करिब रू ७० हजार आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।” उहाँ विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजा सामग्री तयार गर्नुहुन्छ ।

मन्दिरमा भेटिनुभएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजा सामग्री पसल चलाउनुभएको छ । विगत २५ वर्षदेखि पूजा सामग्री बेच्दै आउनुभएकी उहाँ हाल बबरमहल बस्नुहुन्छ । “श्रीमान ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार राम्रो कमाइ हुने दिन रू तीन हजारसम्म बचत हुन्छ भने कुनै दिन रू सात÷आठ सयमै चित्त बुझाउनुपर्छ ।

पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजा सामग्री बेच्दै आउनुभएका मदन बुुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट हुनुहुन्छ । उहाँलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै हुनुहुन्छ ।

मन्दिर व्यवस्थापन समितिले तोकेअनुसारका मानिसले मात्र मन्दिरमा पूजा सामग्री बिक्रीवितरण गर्ने गरेकोमा छ महिना अघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उहाँहरु मन्दिर छेउमा बस्न सुरु गर्नुभएको छ । पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उहाँहरुको गुनासो छ । रासस