५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबुस्थित ल्होत्से मलबाट लुटिएको मोबाइलसहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलबाट लुटिएको मोबाइलसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

यातायात मजदुरको प्रदर्शनको क्रममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा एउटै व्यक्तिको नाममा रहेका दुइटा पसलभित्र छिरेर मोबाइल लुटेका एक हुलमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका व्यवसायी अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको दावि गरेका छन् ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा ल्होत्से मलमा रहेको मोबाइल पसलको सटर खोलेर एक हुल प्रवेश गरी तोडफोड र लुटपाट गरेको दृष्य देखिन्छ ।

प्रदर्शनकारीले माछापोखरी क्षेत्रमा रोकिराखेका प्रहरीका दुईवटा गाडीमा समेत आगजनी गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको बताएको छ ।