२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबुस्थित ल्होत्से मलबाट लुटिएको मोबाइलसहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौं । गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलबाट लुटिएको मोबाइलसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

यातायात मजदुरको प्रदर्शनको क्रममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा एउटै व्यक्तिको नाममा रहेका दुइटा पसलभित्र छिरेर मोबाइल लुटेका एक हुलमध्ये प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका व्यवसायी अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको दावि गरेका छन् ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा ल्होत्से मलमा रहेको मोबाइल पसलको सटर खोलेर एक हुल प्रवेश गरी तोडफोड र लुटपाट गरेको दृष्य देखिन्छ ।

प्रदर्शनकारीले माछापोखरी क्षेत्रमा रोकिराखेका प्रहरीका दुईवटा गाडीमा समेत आगजनी गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको बताएको छ ।