५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

भेटवार्तामा इपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

तस्बिरः प्रदीपराज वन्त, रासस