२३ श्रावण २०८३, शनिबार
,
Latest
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह ‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाइनेछः कृषिमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘बहाव’को पहिलो झलक सार्वजनिक



अ+ अ-

काठमाडौँ । ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गर्नुभएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत हुनुहुन्छ ।

प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिनुभएको छ । “जिज्ञासा, विचार अनि यथार्थको कथामा तयार गरिएको चलचित्रको पोस्टरले कथासार दर्शाउने छ । खोजीमा भइरहेको अवस्थाको विद्रोहलाई समेटेका छौँ”, फोटोपत्रकार कँडेलले भन्नुभयो, “जिज्ञासु स्वभावले निम्त्याउने उतारचढावका परिस्थितिबाट आउने हलचललाई कसरी सन्तुलितरूपमा अगाडि बढाउन सकिन्छ भन्ने यसले बुझाउँछ ।”

अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठसमेतको अभिनय रहेको चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ भने कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन गर्नुभएको छ ।