११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

भरतपुर अस्पतालको सेवा सुधारिँदै

भरतपुर अस्पतालको सेवा सुधारिँदै
अ अ+ अ-

चितवन । भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो ।

एकै वर्षमा सात पटकसम्म अस्पताल प्रमुख (मेडिकल सुपरिटेण्डेन्ट) परिवर्तन हुँदा सेवा प्रवाहमा केही कमी आएको थियो । अस्पतालमा सरदर दैनिक एक हजार पाँच सय बिरामी बहिरङ्ग सेवा लिन आउने जनाइएको छ । छ सय शय्याको यो अस्पताल सङ्घीय अस्पताल हो । चितवनसहित छिमेकी २१ जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । आएका बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बीमाका हुने गर्दछन् । अस्पतालमा बीमा सुरु भएयता रु एक अर्बभन्दा बढी रकम अस्पतालले बीमावापत पाइसकेको छ । बीमा सेवा दिनेमा यो देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेल बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिँदै आएको बताउनुहुन्छ । अस्पतालले गुणस्तरीय सेवासँगै अतिविशिष्ट सेवा पनि सञ्चालनमा ल्याएपछि बिरामीमा आकर्षण बढेको उहाँको दाबी छ । पछिल्लो समय अस्पतालमा बहिरङ्ग सेवा ९ओपिडी०को टिकट बिहान ७ः३० बजेदेखि दिउँसो २ बजेसम्म बढाइएको छ । विशेषज्ञ ओपिडी बिहान ९ः३० देखि २ः३० बजेसम्म सञ्चालन हुँदै आएको छ । नेपालका सरकारी अस्पतालमा पहिलोपटक साधारण बहिरङ्ग सेवा ९जिओपिडी० सेवा सुरु गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म चल्दै आएको छ ।

बिरामीको सहजतालाई ध्यानमा राखेर अस्पतालभित्र सोधपुछ कक्ष र फ्रेण्ड्स अफ भरतपुर अस्पतालसँगको समन्वयमा अस्पताल परिसरमा हेल्प डेस्क सञ्चालन गरिएको छ । शल्यक्रिया कक्ष ९अपरेसन थिएटर०को सङ्ख्या छ वटाबाट बढाएर सात बनाइएको छ । तीमध्ये दुईवटा अस्पताल विकास समितिको बजेटबाट ‘मोडुलर’ शल्यक्रिया कक्ष बनाइएको हो । यो पनि अस्पताललाई अहिले अपुग छ ।

सौन्दर्यकरण समिति बनाई अस्पतालमा सरसफाइ र सजावटका काम भइरहेका छन् । अगाडिको पर्खाल पुनःनिर्माण, मुख्य बोर्ड र मन्दिरसमेतमा रङरोगन र मर्मत गरिएको छ । प्रत्येक सोमबार अतिरिक्त सरसफाइ हुँदै आएको छ । सरसफाइमा स्थानीय सामाजिक अभियान्तसमेत जोडिने गरेका छन् । ‘ट्रमा इमर्जेन्सी’ सुरु गरिएको छ । अस्पतालमा ट्रमा म्यानेजमेन्ट सिस्टम प्रभावकारी बनाइएको छ । सी ब्लक भवनमा टरसियरी लेभलको ट्रमा सेन्टर बनाउन काम सुरु भइसकेको छ । यो काम सम्पन्न भएबाट नेशनल ट्रमा सेन्टरपछि नेपालमै दोस्रो सरकारीस्तरको ट्रमा सेन्टर भई दुर्घटनाका बिरामीलाई छिटोछरितो सेवा दिन सकिएको मेसु डा पौडेल बताउनुहुन्छ ।

नयाँ भवनमा ५० शय्या क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिएको छ । जहाँ प्रयोगशाला, माइनर ओटी (सामान्य शल्यक्रिया), एक्सरे, काउन्टर, फार्मेसीलगायतका सुविधा रहेका छन् । मेसु प्रा डा पौडेलले भन्नुभयो, “आकस्मिक कक्षमा आएका बिरामी अन्यत्र जान नपर्ने गरी एउटै छानामुनि सबै सुविधा उपलब्ध गराएका छौँ ।”

प्रसूति सेवालाई थप व्यवस्थित गर्न अस्पताल विकास समितिकै खर्चले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । प्रसूतिको छुट्टै भवन निर्माण गरी अझ गुणस्तरीय सेवा दिने तयारी भइरहेको छ । हाल प्रसूति विभागमा ठूलो सङ्ख्यामा भर्ना र डिस्चार्ज हुने भएकाले सोही विभागमा छुट्टै काउन्टर सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “प्रसूति सेवाका लागि सबै सुविधा एउटै भवनबाट सहज तरिकाले होस् भनेर काउन्टरलगायतका सुविधा एकै ठाउँबाट दिएका छौँ ।”

कोभिड महामारीको समयमा सघन उपचारकक्षमा शय्या अभाव भएपछि थप १० शय्या सघन उपचारकक्ष र पाँच शय्याको एक महिनादेखि १५ वर्षसम्मका बालबालिका राख्ने सघन उपचारकक्ष थप गर्न कार्यक्रम स्वीकृत भई कार्य अगाडि बढेको छ । उहाँले भन्नुभयो, “आठ शय्याको पिआइसीयू र एनआइसीयूलाई १० बाट बढाएर १८ बनाइँदै छ ।”

दुई वर्षअघि पक्षी प्रयोगशालामा सुरु गरिएको पिसीआर प्रयोगशाला अस्पतालकै नयाँ भवनमा सारेर सेवा नियमित गरिएको छ । टिकट काउन्टरको भीड कम गर्न काउन्टर सङ्ख्या थप गरिएको र बहिरङ्ग सेवा निःशुल्क गरिएको छ । मेसु डा पौडेलले भन्नुभयो, “टिकट काउन्टरमा भीड कम गर्न अनलाइन टिकट काट्ने व्यवस्था गरेका छौँ, तर अनलाइनप्रति चासो कम छ ।”

सरकारले आठवटा कडा रोगका लागि दिने सुविधा सामाजिक सेवा एकाइबाट अस्पतालले प्रदान गर्दै आएको छ । उहाँले भन्नुभयो “ यस वर्ष बिएस्सी नर्सिङ सुरु गर्ने तयारी भइरहेको छ । ”
सेवालाई अझै गुणस्तरीय बनाउन क्युए ९क्वालिटी एस्योरेन्स कमिटी र ड्युटी अफिसर०को व्यवस्था गरी काम अघि बढाइएको छ । छिटो सेवा चाहने बिरामीलाई लक्ष्य गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विस्तारित अस्पताल सेवा कार्यविधिअनुसार छुट्टै भवनमा पेइङ सुपरस्पेशलाइज क्लिनिक सञ्चालन गरिएको छ ।

चिकित्सक, नर्स र प्राविधिकलाई स्वास्थ्य विषयमा अनुसन्धान गर्न प्रेरित गर्ने उद्देश्यले विकास समितिले निर्णय गरी एक वर्षमा १० वटा उत्कृष्ट अनुसन्धानमूलक प्रस्तावलाई समेट्ने व्यवस्था गरिएको छ । शैक्षिक समिति, संस्थागत पुनरावलोकन बोर्ड गठन गरिएको छ ।

मेसु डा पौडेल भन्नुहुन्छ, “बन्द भएको स्पाइनल वार्ड नयाँ भवनमा सुरु गरेका छौँ ।” फिजियोथेरापी सेवालाई ठूलो र फराकिलो ठाउँमा सारी समयसापेक्ष उपकरण थप गरी आधुनिक र चुस्त बनाइएको छ । उहाँ थप्नुहुन्छ, “दुई वर्षदेखि बन्द रहेको न्यूरो सर्जरी सेवा पुनः नियमित सञ्चालनमा ल्याइएका छौँ ।”

अस्पताल परिसरमै छुट्टै सरुवा रोग अस्पताल भवनको निर्माण थालिएको छ । फार्मेसीलाई चुस्त बनाई यसलाई बढी सेवामूलक बनाइएको छ । समयमै औषधि आपूर्ति नगर्ने आठवटा सप्लायर्सलाई गत वर्ष कारबाही गरिएको थियो । प्रसूतिका लागि २४ शय्याको छुट्टै पोस्टअप बार्ड बनाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल सञ्चालनमा रहेका छ सय शय्यामध्ये एक सय ५० शय्याका लागि मात्रै सरकारी दरबन्दी छ । अन्य विकास समितिका कर्मचारीमार्फत काम गर्नुपरेको छ । सङ्गठन संरचना प्रतिवेदन बनाइएको र यसबाट भरतपुर अस्पतालका लागि एक हजार ८५ चिकित्सक कर्मचारी थप गर्नुपर्ने भएको छ । हाल सरकारका एक सय ७५ चिकित्सक कर्मचारीमात्रै कार्यरत छन् । तीमध्ये ४६ चिकित्सक छन् ।

सर्भेक्षण प्रतिवेदन स्वास्थ्य मन्त्रालयले अर्थमन्त्रालयमा पठाइसकेको जनाइएको छ । पछिल्लो समय अस्पतालले सुधारका महत्वपूर्ण काम गरे पनि निजी ठूला अस्पतालसँग दाँज्दा धेरै कमी–कमजोरी देखिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल बताउनुहुन्छ । “ओएनएम सर्भेअनुसारका कर्मचारी आउँदै गर्दा अनुभूति हुने गरी सेवा दिन हामी सक्छौँ”, उहाँले भन्नुभयो, “यो राजधानी बाहिरको नेपाल सरकारको धेरै बिरामीलाई सेवा दिने अस्पताल हो ।”

अध्यक्ष पौडेलले भन्नुभयो, “रु छ करोड हाराहारी लागतमा पानी ट्याङ्की र रु १६ करोड हाराहारीको आवास ९क्वाटर० समितिले नै निर्माण गर्ने तयारीमा छौँ ।” अस्पतालमा एनेस्थेसियोलोजिष्ट र शल्यक्रिया कक्षको अभाव हुँदा शल्यक्रियाका लागि लामो समय पालो कुर्नुपर्ने बाध्यता रहेको छ । कतिपय बिरामीले सात महिनासम्म पालो कुर्नुपरेको छ । बिरामीको चापअनुसार कर्मचारी र आवश्यक उपकरण नहुँदा बिरामीले दुःख अहिले पनि पाइरहेका छन् । रासस