२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा तत्काल सरकारमा नजाने, पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारमा नजाने निर्णय भएको बताउनु भयो । उहाँले सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग भएको सहमति तोेडिसकेपछि आफू सरकारमा नबसेको स्पष्ट पार्नुभयो । उहाँले सत्तारुढ दलहरुले अझै सरकारमा आउन आग्रह गरेपनि पार्टीसँग भएको सहमति कार्यान्वयन नभइ आफूहरु सरकारमा नजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारमा जाने वा नजाने भन्ने बारेमा धेरै छलफल गरेनौँ । किनभने एउटा सहमति कायम गरेर हामी सरकारमा गएका थियौँ र सहमति तोडिएको जस्तो आभाष भइसकेपछि हामी सरकारबाट बाहिरिएका हौँ । पुनः सहमति हुनसक्यो र जनताको काम गर्ने अवसर आए हामी जान पनि सक्छौँ ।’

त्यस्तै बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति सदस्य २४ जनाबाट बिस्तार गरेर ४० जनाको बनाएको छ । आज नयाँ केन्द्रिय समिति सदस्यका रुपमा १६ जना चयन गरेको हो । मनोनित हुनेमा निशा मेहता, विन्द्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

त्यस्तै बैठकले अभियान तथा प्रचारप्रसार विभाग, प्रवासी नेपाली सम्पर्क विभाग, प्रशिक्षण विभाग, संगठन विभाग, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हीत विभाग लगायतका २२ वा विभाग निर्माण गरी विभाग प्रमुख तोकेको छ । सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र महतारा मनोनयन हुनुभएको उपमहासचिव बर्तौलाले बताउनु भयो ।