• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु ★   धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु ★   दक्षिण अफ्रिकामा ३४ हजार बर्ष पूराना ‘धमिराको ढिस्का’ फेला ★   चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति हो: उपप्रधानमन्त्री श्रेष्ठ ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग: लेनडाँडा सुरुङमार्ग छिचोलियो

गगनको ट्विट: स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्छ



फाईल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगले बिदा दिन नपाउने गनरी ऐन बनाउनुपर्ने आश्यकता औँल्याउनुभएको छ ।

कांग्रेस नेता डा मीनेन्द्र रिजालले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई सम्बोधन गर्दै सरकारले कथित ‘जनयुद्ध दिवस’ का अवसरमा सार्वजनिक बिदा दिएकाबारे आधिकारिक धारणा मागेपछि महामन्त्री थापाले सोमबार एक ट्विट गर्दै सार्वजनिक बिदाका नाममा अराजकता अति भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभएको छ, “अब संसद्मा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दवाव बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानून निर्माणको अग्रसता लिऔँ। यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।”

उहाँका अनुसार पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ । “कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले आफ्नो राजनीतिक स्वार्थका लागि बिदा दिने क्रम सीमाहीन भएको छ”, उहाँले भन्नुभएको छ ।