८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण

उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण
फाईल फोटो
अ अ+ अ-

भक्तपुर । लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ । संयुक्त राष्ट्र सङ्घअन्तर्गतको युनेस्कोले सन् १९६९ मा विश्वसम्पदा सूचीमा समावेश गरेको चाँगुनारायण मन्दिर वर्षामा जाने पहिरो र हिउँदमा बर्सेनि बालुवा उत्खनन र निकासीका कारण उच्च जोखिममा परेको छ ।

लिच्छवी राजा मानदेवले ५२१ सालमा मन्दिर जीर्णोद्धार गरेसँगै मन्दिर अगाडि संस्कृत भाषामा लिच्छवी अक्षरले लेखिएको गरुडको प्रस्तर मूर्तिलगायत शिलापत्र राख्न लगाएको इतिहास रहेको छ । चाँगुनारायण मन्दिर ३२३ वर्षअघि राजा भूपालेन्द्र मल्लले जीर्णोद्वार गराउँदा मन्दिरको मुख्य ढोका अगाडि राखिएको रानी भुवनलक्ष्मी मल्लको ढलोटको मूर्ति अहिले पनि देख्न सकिन्छ ।

मन्दिरको पूर्व र पश्चिम दिशा वर्षौंदेखि गएको पहिरो नियन्त्रणमा आउन नसक्दा मन्दिर उच्च जोखिममा परेको हो । मन्दिरको पश्चिमपट्टि रहेको चाँगुनारायणको नौमध्ये महत्वपूर्ण चन्द्र सूर्यको मठसम्म पहिरो आइपुगेको मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले बताउनुहुन्छ । अनिवार्य पूजा गर्नुपर्ने उक्त मठ नजिकै पहिरो आएको बताउँदै उहाँले मन्दिर उच्च जोखिममा पर्दा पनि यसलाई जोगाउन सम्बन्धित निकायले चासो नदिएको गुनासो गर्नुभयो ।

लामो समयदेखि मनोहरा खोलामा भइरहेको बालुवा चोरी निकासी रोक्न नसकिएको, मन्दिर रहेको ठूलो थुम्काको तल आडका रुपमा रहेका ससाना ढिस्का, पहाडलाई खोस्रेर बालुवा खानी सञ्चालन गर्ने र जग्गा चक्लाबन्दी गरेर बिक्री गर्ने क्रम बढेपछि मन्दिर थप जोखिममा परेको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा २० वर्षदेखि पहिरो जान थालेको बताउँदै स्थानीयवासीले पहिरो रोकथाम गर्न र जथाभावी बालुवा झिक्न रोक्न नसकिएका कारण मन्दिर थप जोखिममा परेको बताएका छन् ।

पुरातत्व विभाग तथा दरबार हेरचाह कार्यालय भक्तपुरकी प्रमुख अरुणा नकर्मी चाँगुनारायण मन्दिर अतिक्रमणमा परेको गुनासो गर्नुहुन्छ । उहाँ मनोहरा खोलामा हुने बालुवा उत्खनन तथा निकासी, आसपासका साना ढिस्का भत्काउनु र अहिले पनि मन्दिरलाई समेत दीर्घकालीनरुपमा क्षति हुने गरी आसपासका क्षेत्रमा डोजर लगाउनुले मन्दिर जोखिममा परेको बताउनुहुन्छ ।

मन्दिर क्षेत्र र आसपासका मन्दिरको सम्पत्ति अतिक्रमणको चपेटाका पर्दा यहाँको मौलिक धरोहर नै सङ्कटमा परेको उहाँको भनाइ छ । सार्वजनिक र मन्दिरको सम्पत्ति व्यक्तिका नाममा दर्ता हुने र अतिक्रमण गरेर व्यवसाय सञ्चालन गर्ने क्रम बढेकाले मन्दिरको अस्तित्व सङ्कटमा परेको उहाँको भनाइ छ ।

विसं २०७२ को महाभूकम्प र त्यसपछिको परकम्पले मन्दिरलाई क्षति पु¥याएपछि पुरातत्व विभागले मूल मन्दिरको जीर्णोद्धार सकाएर मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण गर्न सुरु गरेको छ । यसअघि पनि पहिरो नियन्त्रणका लागि काठ र बाँसका टेका दिएर जस्ताले बारिएको थियो तर मन्दिरको ठीक तल उत्तर पूर्वतर्फ मनोहरा खोला र आसपासका ढिस्को फोडेर बालुवा निकासी गर्ने क्रम नरोकिँदा मन्दिर थप जोखिममा परेको हो ।

उत्तरतर्फ गङ्गा महारानीको सत्तलको पछाडिको भाग पहिरो गएकाले चाँगु मन्दिर र सत्तलका साथै बस्तीमा पनि असर पु¥याउने खतरा बढ्दो छ । पश्चिमको १०८ सिंढी तलको शङ्ख, चक्र छेउको पहिरोले शङ्ख, चक्र जोखिममा परको छ । मन्दिर आसपासका क्षेत्रमा माटो, बालुवा उत्खनन गर्दा जमिन भासिने, धाँजा फाट्ने क्रम बढेको विभिन्न अध्ययनले देखाएको छ । मन्दिर क्षेत्र वरिपरि प्रत्येक वर्ष सानातिना पहिरो झर्ने क्रम जारी रहेको छ ।

मनोहरा खोलाको बालुवा निकाल्न र क्रिकेट मैदान निर्माणमा ठूला उपकरणबाट बालुवा उत्खनन गर्दा मन्दिरको जमिन भासिँदै गएको युनेस्कोको अध्ययनले देखाएको छ । इटालीका भूगर्भविद्ले २०७२ वैशाख १२ गतेको भूकम्पपछि चाँगुनारायण क्षेत्रको अध्ययन गरी पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका थिए । अध्ययनमा १६ ठाउँमा पहिरो गएको र यसले मन्दिरलाई अरु जोखिम बढाएको उल्लेख गरेको छ । अध्ययनले यहाँको कमजोर भू–सतहका कारण मन्दिर उच्च जोखिममा परेको देखाएको छ ।

अध्ययन प्रतिवेदनमा कमजोर, बलौटे र सजिलै बग्ने माटो भएको जनाएको छ । यस प्रतिवेदनले भिरालो संरचना भू–क्षय र पहिरोबाट जोगाउन तत्काल माटो, बालुवाजन्य वस्तु उत्खनन रोक्नुपर्ने, बायो–इञ्जिनियरिङ प्रविधि अपनाउनुपर्ने र ठाउँठाउँमा रिटेनिङ, ग्याबिन पर्खाल लगाउनुपर्ने सुझावसमेत दिएको थियो । ती कुनै सुझाव कार्यान्वयनमा आएका छैनन् । भूकम्पपछि सरकारले पठाएको प्रतिवेदन र भूविज्ञहरूको सूचनाका आधारमा युनेस्कोको ‘वल्र्ड हेरिटेज सेक्सन’ले गरेको अनुगमनमा मन्दिरका संरचना भत्किएको र जमिन भासिएको उल्लेख गरेको छ ।

मन्दिरको उत्तर–पश्चिम क्षेत्रमा विगत १० वर्षयता लगातार पहिरो गइरहेको छ । यसअघि पनि पश्चिमपट्टि रहेको चाँगुनारायणको नौमध्ये महत्वपूर्ण चन्द्र सूर्यको मठसम्म पहिराले छोएको थियो । पुरातत्वले सत्तल पुनःनिर्माणका लागि पर्खाल लगाए पनि डाँडामुनिको निरन्तर बालुवा उत्खननका कारण जुनसुकै बेला पहिरो झर्ने पूर्ववडाध्यक्ष बुद्धिलाल श्रेष्ठका बताउनुहुन्छ ।

त्रदशकौँदेखि पहिरोको जोखिम मानिँदै आएको चाँगु क्षेत्रका सम्पदासमेत नासिँदै गएका छन् । यस क्षेत्रको मुख्य धरोहर मानिएको नौ दह लगभग करिब लोप हुने अवस्थामा पुगेका दरबार हेरचाह कार्यालयकी प्रमुख नकर्मी बताउनुहुन्छ । यहाँको शङ्ख दह, धनचा दह, सिन्हः पुखु, ग्वाल्दह, बाँदह, तेपोवुंग्वा दह, अजिमा दह, फादह, काली दहमध्ये अधिकांश अहिले अवशेषका रूपमा मात्र रहेका छन् ।

मुख्य मन्दिरसँग जोडिएर आउने शङ्ख दहमा गएको पहिरोसँगै भासिएको थियो । चाँगुनारायण नगरपालिकाले मन्दिर क्षेत्रको शङ्ख दह संरक्षणका लागि यसअघि बजेट विनियोजन गरेपनि दहले मौलिक स्वरूप नपाएर कृतिम अवस्थामा राख्नु परेको पूर्व वडाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । दुई वर्ष अगाडि नै पुनर्निर्माणका लागि शङ्ख दहमा खाल्डो खन्ने काम भए पनि अरु कार्य अगाडि बढेको छैन । यहाँका ऐतिहासिक दहका जमिन भासिने, धाँजा फाट्ने र सुक्दै जाने क्रम बढिरहेको छ ।

यस मन्दिरमा पर्वअनुसार चल्ने नाच, भजन, जात्रा, बाजा समेत लोपोन्मुख अवस्थामा पुगेको चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द रोजोपाध्यायको भनाइ छ । विगतमा नगरपालिकाले यही मन्दिर देखाएर पर्यटन शुल्क असुले पनि सम्पदा संरक्षणमा चासो नदिएको उहाँको गुनासो छ । यहाँका ढिस्कोहरु भत्काएर जग्गा सम्याउने नाममा दैनिक डोजर लाग्दा र ढिस्को सम्याउँदा मन्दिर थप जोखिममा परेको उहाँ बताउनुहुन्छ ।

सम्पदास्थललाई नै क्षति पुग्ने गरी कुनै अध्ययन अनुसन्धान नगरी डोजर लगाउँदा थप भू–क्षय हुने र यसको प्रतक्ष्य असर मन्दिरलाई पर्ने भन्दै उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ । सम्बन्धित निकायमा यसबारेमा जानकारी गराए पनि नरोकिएको र नगरपालिकाले पनि यसतर्फ कुनै चासो नदिएको उहाँको भनाइ छ ।

उहाँले यस्तो प्रसिद्ध मन्दिरसमेत अतिक्रमण र व्यक्तिको नाममा दर्ता गर्ने क्रम बढेको बताउनुभयो । मूल पुजारी राजोपाध्यायले भन्नुभयो, “एकातिर मन्दिर नै सङ्कटमा परेको छ । अर्कोतर्फ मन्दिरको सम्पदास्थलनै व्यक्तिको नाममा दर्ता भएका छन् । मन्दिरको पूर्वतर्फको मल्लकालीन मूर्ति भएको जमिन व्यक्तिले आफ्नो नाममा दर्ता भएर आएको छ । मन्दिरको पूर्व खानेपानी ट्याङ्की मल्लकालीन दरबार, मूर्तिहरु भएको र चाँगुनारायण कूलदेवताको घर समेत व्यक्तिको नाममा दर्ता भएर आएको छ । मन्दिरको जग्गामा घर र होटलहरु बनेका छन्, अतिक्रमणको निकै चपेटामा परेको छ ।”

यसबारेमा पुरातत्व विभागदेखि गुठी संस्था कार्यालयसम्म स्थानीयले हस्ताक्षरित पत्र बुझाइसकेका छन् । चाँगुनारायणको कूलदेवताको घर र त्यहाँका मन्दिरका लागि गुठी संस्थानले पूजा चलाउने हरेक वर्ष पूजा खर्च र बाली दिंदै आएको गुठी संस्थानले व्यक्तिको नाममा दर्ता भएको उक्त जमिन चाँगुनायण मन्दिरको हो भनेर प्रमाण नभएको जवाफ दिएको गुनासो उहाँको छ । मन्दिर क्षेत्रभित्रै वर्षौैंदेखि सञ्चालन गरिंदै आएको किराना पसल पनि खाली गराउन सकेको छैन ।

नगरपालिकाका प्रमुख जीवन खत्री भने आउँदो आर्थिक वर्षमा चाँगुनारायण मन्दिर र त्यससँग जोडिएको ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि गुरुयोजना बनाएर संरक्षणमा लाग्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नगरपालिकासँग थोरै बजेट हुन्छ, त्यसबाट यति ठूलो सम्पदाको संरक्षण सम्भव छैन, त्यसका लागि नगरपालिकासँगै प्रदेश र केन्द्रीय सरकारबाट बजेट व्यवस्थापनका लागि पहल गरिएको छ ।”

मनोहरा खोलाको बालुवा उत्खनन रोक्नेतर्फ पनि ध्यान दिनुपर्ने हुन्छ । भक्तपुर र काठमाडौँको सिमाना रहेको यस खोलामा वर्षौंदेखिको बालुवा उत्खनन, चोरी पैठारीलाई रोक्नु आवश्यक रहेको उहाँको भनाइ छ । वर्षांैदेखि बालुवा दोहन, मन्दिरको आडका रुपमा रहेको यहाँका ससाना ढिस्का सबै मासेर सम्याएर जग्गा चक्लाबन्दी गर्दै यहाँ घर ठडिएकाले पनि मन्दिर जोखिममा परेको छ ।

मन्दिरको संरक्षणसँगै यस क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक केन्द्रका रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि सारेको उहाँको भनाइ छ । विश्वसम्पदा सूचीभित्रको चाँगुनारायण मन्दिर, त्यहाँको मानव बस्ती र खानेपानीको मुहान जोखिममा परेको पूर्वसांसद प्रेम सुवाल बताउनुहुन्छ । स्थानीयवासीले २०७७ माघ १९ गते चाँगुनारायण मन्दिर रहेको सिङ्गो डाँडोलाई संरक्षण गर्न वरिपरि माटो र बालुवा उत्खनन कार्य बन्द गराउन जिल्ला प्रशासन कार्यालयमा भक्तपुरमा निवेदन दिएका थिए । तर पनि माटो बालुवा उत्खनन नरोकिएको उहाँको भनाइ छ । रासस