२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’

‘भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न सकेको छैन’
अ अ+ अ-

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताएका छन् ।

आज मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव मुनु महावरबीच भएको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि व्यापारको आकार बढे अनुरूप निर्यात बढ्न नसकेको बताएका हुन् ।

त्यसका लागि नीतिगत रुपमा यसलाई सम्बोधन गर्न सरकारले काम गरिरहेको उनले बताएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । मन्त्री भण्डारीले विद्यमान व्यापार सन्धि संशोधनका लागि दुवै देशको सह–सचिवस्तरमा रहेको प्राविधिक समितिको बैठक चाँडै बसेर सो विषय टुङ्ग्याउनु पर्नेमा जोड दिए ।

हालै सम्पन्न वाणिज्य सचिवस्तरको अन्तर सरकारी समिति (आइजिसी) बैठकमा ब्यूरो अफ इण्डियन स्टान्डर्ड (बीआईएस) प्रमाणपत्र जारी तथा नवीकरणलगायतका विषयमा प्रगति नभएको नेपाली निर्यातकर्ताको गुनासो प्राप्त भइरहेकाले उक्त समस्या समाधानका लागि मन्त्री भण्डारीले आग्रह गरे ।

उक्त भेटमा उनले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी मार्चको २ र ३ मा काठमाडौँमा हुन गइरहेको नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतका तर्फबाट उच्च तहका पदाधिकारी एवं भारतीय उद्योगी व्यवसायी तथा लगानीकर्ताको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरे ।

साथै मन्त्री भण्डारीले नेपाल र भारतबीच खुला सीमाना, भौगोलिक निकटता र जनस्तरको घनिभूत सम्बन्धका कारण दुई देशबीच बलियो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरेको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । भेटका अवसरमा अतिरिक्त सचिव महावरले भारतले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा भारत सरकार सहयोग गर्न तत्पर रहेको बताए ।

उनले भेटका क्रममा उठेका विषयलाई सम्बोधन गर्न आफ्नातर्फबाट सम्बद्ध निकायहरुसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । सो भेटघाटमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीको उपस्थिति रहेको जनाइएको छ । रासस