१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलथल वनमा एक सय ५५ प्रजातिका रुख



अ+ अ-

झापा। जैविक विविधताले भरिपूर्ण जलथल वनहरूमा एक सय ५५ प्रजातिका रुख फेलापरेका छन् ।

वनस्पतिविद् डा लीलानाथ शर्माले जिल्लाको कचनकवल, बाह्रदशी, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकासम्म फैलिएका २२ वटा सामुदायिक वन क्षेत्रमा नेपालमा पाइनेमध्ये २५ प्रतिशत विभिन्न प्रजातिका रुख भेटिएका बताए ।

अध्ययनका क्रममा नेपालमा पाइने सात सय रुखमध्ये यहाँ एक सय ५५ प्रजाति पाइएका उनले जानकारी दिए। फरेस्ट एक्सन नेपालको नेतृत्वमा यहाँका वनमा पाइने विविधताको अध्ययन गरिएको थियो । चारकोशे जङ्गलको फडानी हुनबाट बचेको एक खण्ड जलथल वन छ हजार एक सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

शर्मालगायत डा भाष्कर अधिकारी, योगेन्द्रविक्रम पौडेलले गरेको यस अध्ययनबारे भारतबाट प्रकाशित हुने ‘प्लियोने’ नामक विधागत जर्नलको पछिल्लो अङ्कमा प्रकाशन गरिएको छ । डा शर्माले भने “जलथल वनका रुखबारे लगभग अभिलेख पूरा भएको छ तर पनि थप अध्ययन गर्ने क्रम जारी छ ।

अन्य प्रजाति पनि थप हुने सम्भावनालाई नर्कान मिल्दैन ।” नेपालको कुल वनक्षेत्रको शून्य दशमलव एक प्रतिशत भूभाग ओगटेको जलथलले वन क्षेत्रमा यति धेरै रुखका प्रजाति भेटिँदा र त्यसको प्रचार हुँदा यहाँको जैविक विविधता संरक्षणमा सबैको चासो जानेसमेत उनको बुझाइ छ ।

“देशभरमा तुलतात्मक अध्ययन गर्ने होभने रुखहरूको प्रजातीय विविधताको दृष्टिकोणले जलथल नेपालकै सबैभन्दा धनी क्षेत्र हुनसक्ने अवस्था छ । जलथलमा लटहर, थाकल, लाली, पाँचफल, हार्पुलिया आदिजस्ता दक्षिणपूर्वी एसियामा प्रचुर मात्रामा पाइने रुखका प्रजातिहरू पनि पाइएका छन् ।