२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्सवपछि हलमा ‘हल्कारा’



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा आउँदो वर्षको वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ ।

निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन् । “गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेका छौँ”, निर्देशक सापकोटाले भने, “सत्यकथा प्रेरित भएता पनि मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने गरिएको छ ।” यसमा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गरेका छन् । यसमा उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनयसमेत रहेको छ ।

‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिवल’मा उत्कृष्ट घोषित भएको थियो भने अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए ।

यस्तै, नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको यो चलचित्र अन्य महोत्सवमा समेत छनोट भएको थियो । यसअगाडि कालोपोथी, सेतो सूर्यलगायतका चलचित्रसमेत अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएपछि मात्र प्रदर्शन भएका थिए । रासस