• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   यी हुन् टी-२० विश्वकपमा समूह चरणमा धैरै रन बनाउने ब्याट्सम्यानहरु ★   शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ ★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे

नेप्सेमा उच्च अङ्कको गिरावट



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ ।

आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ५७ दशमलव १३ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३८ दशमलव ३६ अङ्कले घटेको छ । बैंकिङ समूह २७ दशमलव ९७, विकास बैंक समूह एक सय ४१ दशमलव ५९, वित्त समूह ८४ दशमलव ७० र होटल तथा पर्यटन समूह ९० दशमलव ८७ अङ्कले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह एक सय १० दशमलव ६५, लगानी समूह दुई दशमलव ६३, उत्पादन तथा प्रशोधन समूह दुई सय २० दशमलव ७३ र लघुवित्त समूहको उपसूचक एक सय दुई दशमलव ७३ अङ्कले घटेको छ । आज म्युचुअल फन्ड शून्य दशमलव १२, अन्य समूह ३७ दशमलव १६ र व्यापार समूह ४० दशमलव १६ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा न्यादी ग्रुप पावर लिमिटेडको शेयर छ दशमलव ६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको रू १४ करोड ३७ लाख ६८ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा न्यादी ग्रुप पावर लिमिटेडको तीन लाख ७३ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएको छ । रासस