९ मंसिर २०८१, आईतवार
,
Latest
एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु पाकिस्तानमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा ८२ जनाको मृत्यु ‘स्त्री २’ को सफलतापछि राजकुमार रावले आफ्नो पारिश्रमिक बढाए ! मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध सरकारसँग व्यपारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस् कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित अध्यक्ष दाहालद्वारा राईप्रति श्रद्धाञ्जली अर्पण ५ महिना नपुग्दै प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा ‘विनियोजित बजेट संघीय प्रणालीअनुसार खर्च नभएसम्म पुँजीगत खर्च वृद्धि हुँँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिबारे सत्ता साझेदार दलहरूबीच मतभेद छैन– राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिको विषयमा सत्ता गठबन्धन दलहरुमा कुनै असमझदारी नभएको बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरी राजनीतिक संयन्त्रको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले यसअघि भएको सहमतिमा सत्ता साझेदार दलहरुबीच कुनै विमति नरहेको बताउनुभयो । बाहिर आएका कुराहरु भ्रमपूर्ण रहेको उहाँको भनाइ थियो ।

उहाँका अनुसार बैठकमा सरकारका कामकारवाहीको समीक्षा हुनुका साथै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको छ ।

उहाँले बैठकमा भावी राष्ट्रपतिको निर्वाचनबारे कुनै छलफल नभएको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने विषयमा भन्नुभयो, “केही प्राविधिक विषयहरु मिलाउनुपर्ने छ, रास्वपा चाँडै सरकारमा आउन सक्छ ।”