२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछः सञ्चारमन्त्री शर्मा



अ+ अ-

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ ।

उहाँले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो ।

दाङको भालुवाङ्गमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता शर्माले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएकोसमेत बताउनुभयो । वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको बताउनुभयो । उहाँले पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताउनुभयो ।

बदलिँदो समाज र सूचना प्रविधिले केही चुनौती थपेको बताउँदै उहाँले अनलाइन मिडियाको नियमन र व्यवस्थापनमा सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले प्रेस काउन्सिल जस्तै मिडिया काउन्सिलको आवश्यकता परेकोसमेत बताउनुभयो । कार्यक्रम महासङ्घ प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको थियो । रासस