१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित



तस्बिर: सामाजिक संजाल
अ+ अ-

काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार निलम्बनमा परेका छन् ।

घर निस्किने क्रममा रहेका राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंहमाथि लाठी चार्ज गर्ने प्रहरी हवलदार शम्भुजंग गुरुङलाई कारबाही स्वरूप निलम्बन गरिएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता पोशराज पोखरेलले बताए । ‘घटनाका विषयमा अनुसन्धान गर्न कारबाही प्रक्रिया अगाडि बढाइएको हो । सोही अनुसार निलम्बन गरिएको हो।’, उनले भने ।

सिंहले शुक्रवार शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा परिचय पत्र देखाउँदा पनि लाठी चार्ज भएको बताएका छन् । घटनाको विरोधमा अहिले माइतीघरमा प्रदर्शन समेत भइरहेको छ ।