• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

टर्की र सिरियामा गएको भूकम्पबाट चार अर्ब अमेरिकी डलर बराबरको क्षति



एजेन्सी । टर्की र सिरियामा गएको भूकम्पका कारण चार अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक क्षति हुन सक्ने तथ्याङ्क मूल्याङ्कनसम्बन्धी काम गर्ने फिचले बिहीबार जनाएको छ ।

टर्की र सिरियामा सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म १७ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ ।

फिचले भनेको छ, “पूर्ण आर्थिक क्षतिको अनुमान गर्न कठिन छ तर यो क्षति दुई अर्ब अमेरिकी डलरभन्दा बढी र चार अर्ब अमेरिकी डलर वा त्योभन्दा बढी पुग्न सक्छ ।

यस क्षेत्रमा बीमा कभरेज कम भएका कारण बीमितको नोक्सानी निकै कम अर्थात् सम्भवतः करिब एक अर्ब अमेरिकी डलर हुने बताइएको छ ।