६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा सहमति कि विग्रह ?



अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बिहीबारको बैठक बिनानिष्कर्ष टुंगिएको छ । विगत चार दिनदेखि निरन्तर छलफलमा रहेका नेताबीच सहमति हुन सकेको छैन । तर, उनीहरूले वार्ता सकारात्मक भन्दै कृत्रिम अभिव्यक्ति दिइरहेका छन् ।

नेताहरूको यस्तो कार्यशैलीले एमाले एकजुट बन्न कठिन हुन सक्ने भन्दै आमकार्यकर्ताहरूमा आक्रोश छाउन पुगेको छ । कुनै सहमति हुन सकेको छैन । एमाले एकतामा सहमति हुने हो कि विग्रह आउने हो भन्नेमा अझै अन्योल छ । यस्तो अन्योलता बढ्न थालेपछि कार्यकर्ता तहमा आक्रोश छाउन पुगेको हो ।

बैठकहरू निष्कर्षविहीन, कार्यकर्तामा आक्रोश, नेताहरू ‘पेन्डुलम’ बन्दै

सिंहदरबारमा बिहीबार कार्यदलको बैठक एकै दिन दुईपटक बसे पनि कुनै सहमति जुट्न सकेन । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलका सदस्यहरूले जनाएका छन् । छलफल जारी रहेको र शुक्रबार पुनः छलफल हुने नेताहरूले बताए । वार्ता निष्कर्षविहीन भए पनि सधैं सहमति हुने क्रममा छ भन्दै नेताहरूले झुट बोल्न थालेकाले उनीहरू ‘पेन्डु्लम’ बन्दै जान थालेको आमकार्यकर्ताको निष्कर्ष छ ।

नेकपा स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले कार्यदलले सहमति जुटाएरै छोड्ने विश्वास व्यक्त गरे । छलफल जारी रहेको र शुक्रबार पुनः कार्यदलको बैठक बस्ने सहमति भएको उनले बताए । ‘छलफल जारी नै छ, हामी विश्वस्त छौं कि कार्यदलले सहमतिका साथ पार्टी एकतालाई उचित निष्कर्षमा पुर्याउनेछ, हामी भोलि (शुक्रबार) पुनः बैठक बस्नेछौं,’ नेम्वाङले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।