११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल

निसीखोलामा स्याउ उत्पादन गरिने

निसीखोलामा स्याउ उत्पादन गरिने
बागलुङको निसीखोला गाउँपालिका तस्बिर : रासस
अ अ+ अ-

ढोरपाटन । बागलुङमा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोरलाई लिइन्छ । निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको छ । गाउँपालिकाले यस वर्षदेखि थप स्याउखेती विस्तार गर्न थालेको छ । निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ ।

निसेलढोरभन्दा वडा नं ६ केही औलमा पर्छ । सिप, भल्कोटलगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञानबिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि खुसी हुन थालेका छन् ।

वर्षौं अगाडि गाउँमा स्याउ लगाए पनि उत्पादन राम्रो नदिएको स्थानीय ओमबहादुर घर्तीमगर बताउनुहुन्छ । उहाँले वडा नं ६ को सीपमा स्थानीयले प्राविधि ज्ञानबिनै स्याउ लगाएको हुँदा फलाउन नसकेको भन्दै यसपाली स्थानीय सरकारकै सहयोग हुँदा उत्पादन राम्रो हुनेमा आशावादी रहेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “यो ठाउँ भौगोलिक हिसाबले पनि उच्च ठाउँमै छ, पहिला लगाउने बेला कुनै माटो परीक्षण भएन, बिरुवा लिएर लगाइयो, अलिअलि दाना हाले पनि धेरै फलाउन सकिएन, प्राविधिक ज्ञान केही पनि थिएन, परम्पराग रुपमै लगाइएको थियो, अहिले अलि फरक तरिकाले लाइएको छ, उत्पादन राम्रो होला ।”

उहाँले पहिले स्याउ लगाएको केही वर्षसम्म राम्रो भए पनि पछि रोग लाग्ने, सुक्ने र फलनै नदिने समस्या आएको सुनाउनुभयो । गाउँपालिकाको सहयोगमा स्याउखेती विस्तार हुँदा यहाँका कृषक उत्साहित भएको घर्तीमगर बताउनुहुन्छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार यहाँ स्याउखेती विस्तार गर्न थालिएको बताउनुभयो ।

उहाँले स्याउका बिरुवा लगाउन थालेपछि कृषक निकै उत्साहित भएको बताउनुभयो । यस वर्ष वडा नं ५ र ६ मा चार सय ५० स्याउका बिरुवा लगाइने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको रु सात लाखबाट स्याउखेती बिस्तार गर्न थालेको उहाँको भनाइ छ । यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्का क्षेत्रमा स्याउ लगाउन थालिएको उहाँले बताउनुभयो ।

“गाउँपालिकाले जुन क्षेत्रमा स्याउ लगाउन थालेको छ, ती सबै क्षेत्र सम्भावना भएका ठाउँ हुन्, यी ठाउँमध्ये केही ठाउँमा पहिले पनि स्याउ लगाइएको थियो, तर राम्रो भएन”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यस वर्ष राम्रो हुने आश गरेका छौँ, किनकी प्राविधिकरुपमै अनुसन्धान गरेर स्याउका बिरुवा रोप्न थालेका छौँ ।”

स्याउखेती विस्तारपछि यस क्षेत्रका खाली जग्गा पनि प्रयोगमा आउने अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । उहाँले युवालाई स्वरोजगार बनाउन र बाँझो जमिनको उपयोग गरी उत्पादनसँग जोड्नका लागि स्याउखेतीमा जोड दिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले दैनिकजसो युवा विदेश गइरहेका छन्, यहाँ यति ठूलो सम्भावना छ, तर चिन्न नसक्दा विदेशिन परेको छ, गाउँका धेरै जग्गा बाँझिँदै गए, अब यी सबैलाई उत्पादनसँग जोड्ने युवालाई गाउँमै स्वरोजगार बनाउने हाम्रो अभियान छ, स्याउ खेतीले पनि यो अभियानलाई सार्थकता बनाउने छ ।”

गाउँपालिकाका कृषि शाखा प्रमुख ताराबहादुर परियारले दर्ता भएका कृषि फार्म तथा समूहलाई बिरुवा प्रदान गरिएको बताउनुभयो । उहाँले वडा नं ५ र ६ का ४५ समूहलाई चार सय पचास स्याउका बिरुवा दिइएको बताउनुभयो । माटो परीक्षण गरेर यहाँको हावापानी र वातावरण अनुकूल हुने फुजी जातको स्याउ यहाँ लगाउन थालिएको परियारले जानकारी दिनुभयो ।

पाल्पामा उत्पादन गरिँदै आएका स्याउका बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको उहाँ बताउनुहुन्छ । निसीखोलामा दुई हजारदेखि चार हजार मिटर उचाइसम्म स्याउका बिरुवा लगाइने उहाँको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने सीप, चोरबास, कोस्कालगायत क्षेत्र भने दुई हजार आठ सय आसपासको उचाइमा पर्छन् ।

कृषि शाखा प्रमुख परियार भन्नुहुन्छ, “यहाँको भूगोल, स्याउका लागि चाहिने वातावरण, हावापानीका बारेमा अध्ययन गरेर फुजी जातको स्याउ लगाउन थालेका हौँ, उचाइ मिलाएर स्याउ लगाउन थालिएको हुँदा उत्पादन राम्रो दिन्छ भन्ने लागेको छ ।”

उहाँले सुरुमा स्याउ खेतीका बारेमा कृषकलाई तालिम दिएको र उनीहरुको मागअनुसार विभिन्न क्षेत्रमा स्याउ लगाउने योजना बनाएको बताउनुभयो । यस वर्ष गाउँपालिकाले स्याउ खेती गर्न चाहने कृषि समूहलाई निःशुल्क बिरुवा र आवश्यक सामग्री पनि उपलब्ध गराएको उहाँ बताउनुहुन्छ । “कृषकले स्याउ लगाइसकेपछि समयसमयमा त्यसको निरीक्षण, परीक्षण र कृषकलाई आवश्यक तालिम तथा परामर्श पनि पालिकाले दिनेछ, त्योसँगै अन्य प्राविधिक सहयोग पनि पालिकाले निरन्तर दिँदै जानेछ”, परियारले भन्नुभयो । रासस