२९ भाद्र २०८३, सोमबार
,
Latest
नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय प्रदेशका सरकारी भवनको बीमा गरिँदै भोटेकोशी बाढीले खोसेको खुसीः तीजको सङ्घारमा रित्तिएका काख र सुनसान आँगन आज हरितालिका तीज, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर) ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै



अ+ अ-

काठमाडौं । यू–२० साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुन लागेको नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।

राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा बंगलादेश ३ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नेपाल लिगको दोस्रो स्थानमा रहदै फाइनलको यात्रा तय गरेको हो । नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपालले मंगलबार भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

लिग चरणमा भएको नेपाल र बंगलादेशबीच प्रतिस्पर्धामा नेपाललाई बंगलादेशले ३-१ ले हराएको थियो ।

फाइनलमा नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । यस्तै, बंगलादेश पनि जितलाई निरन्तरता दिन चाहन्छ ।