१४ भाद्र २०८३, आईतवार
,
Latest
इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ… भर्जिनियाको ‘हाम्रो भजन समूह’द्वारा बाढीपीडितका लागि रु. ५ लाखभन्दा बढी सहयोग ‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ एनडीपीको दोस्रो साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटीकुटी वृद्धको हत्या



अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–५ पर्सा गाउँमा आज एक व्यक्तिले कुटीकुटी वृद्धको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय ७०/७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही ठाउँ बस्ने ५०/५५ वर्षीय सुरेन्द्र राउतले कुटीकुटी हत्या गरेका छन् ।

आज बेलुका साढे ४ बजेतिर गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचोकमा धान, चामललगायत अन्नपात खरिद–बिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले हात, मुक्का र लात्तीले हिर्काउँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता स्थानीय प्रत्यक्षदर्शीका अनुसार प्रहरी चौकी पर्साको छेऊमै व्यापार गरी बसेका हरिदेवलाई अचानक सुरेन्द्रले आएर गालीगलौज गर्न थालेको र पछि हातपात गर्दै बेस्सरी कुटपिट गरेका थिए । सोही क्रममा वृद्ध हरिदेवले त्यहाँ खटिएको प्रहरीलाई बचाउन गुहार पनि मागेका थिए । तर प्रहरीले उनलाई बचाउन नगएको र उनलाई प्रहरीकै अगाडि सुरेन्द्रले कुटीकुटी हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थलमा अहिले प्रहरी टोली पुगेर शवको सर्जमिन मुचुल्का गरिरहेको छ भने स्थानीयवासीले प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिरहेका छन् । रासस