४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सूइज नहर अवरुद्ध पार्ने विशाल पानीजहाज काममा फर्किए, किन छाडियो ?

सूइज नहर अवरुद्ध पार्ने विशाल पानीजहाज काममा फर्किए, किन छाडियो ?
अ+ अ-

एजेन्सी । मार्च महिनामा तेर्सो परेर अड्किएपछि सूइज नहरलाई अवरुद्ध पार्दै विश्व व्यापारमा असर पारेको एउटा विशाल मालवाहक पानीजहाज काममा फर्किएको छ। इजिप्टले उक्त पानीजहाज कम्पनी र बिमक कम्पनीसँग क्षतिपूर्तिसम्बन्धी एउटा सम्झौता गरेपछि त्यसलाई नियन्त्रणबाट छोडेको हो।

प्रत्यक्षदर्शीहरूका अनुसार एभरग्रीन नामक उक्त पानीजहाज स्थानीय समय अनुसार बुधवार दिउँसो भूमध्य सागरतर्फ लागेको थियो। उक्त पानीजहाजलाई उक्त नहर पर्ने सहर इस्माइलिआमा तीन महिनासम्म नियन्त्रणमा राखिएको थियो।

क्षतिपूर्तिसम्बन्धी सम्झौताको सर्तहरू सार्वजनिक गरिएका छैनन् तर इजिप्टले ५५ करोड अमेरिकी डलर माग गरेको थियो। १९३ किलोमिटर लामो सूइज नहरले भूमध्य सागरलाई उत्तरी पुछारमा र दक्षिणतर्फ लालसागरलाई जोड्दै एशिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गको काम गर्छ।

तर त्यस्तो महत्त्वपूर्ण जलमार्ग ४०० मिटर लामो एभरग्रीन उच्च वायुका कारण छड्के पर्दै पानीमुनिको सतहलाई छुँदा अड्किएपछि सयौँ पानीजहाजहरूलाई ट्राफिक जाममा पारेको थियो।

मालवाहक उक्त पानीजहाज छ दिनपछि पुनस् तैरन सम्भव पारिएपछि नहर खुलेको थियो। यसक्रममा एकजना मानिसले ज्यान गुमाएका थिए।

त्यसयता सूइज नहर प्रशासन एससीएले एभरग्रीनको जापानी मालिक सोई किसेनसँग क्षतिपूर्ति माग गरिरहेको थियो। उक्त जाम खुलाउन भएको जटिल काम, नहरको किनारामा त्यसले पुर्‍याएको क्षति र अन्य क्षतिबारे क्षतिपूर्ति मागिएको थियो।

सुरुमा एससीएले ९१=६ करोड अमेरिकी डलर क्षतिपूर्ति मागेको थियो जसमा ३० करोड जाम खुलाउँदाको बोनस र अर्को ३० करोड प्रतिष्ठामा पुगेको क्षतिबापत तिर्नुपर्ने उल्लेख थियो।

तर तेस्रो पक्षको रूपमा रहेको बिमक यूके क्लबले त्यस्तो दाबीहरूलाई अस्वीकार गर्दै त्यस्तो उत्तरदायित्वलाई 'असाधारण रूपमा ठूलो' र 'विशाल रूपमा धान्न नसकिने' बताएको थियो। त्यसपछि एससीएले आफ्नो माग कम गर्दै ५५ करोड डलर पुर्‍याएको थियो।

बुधवार हस्ताक्षर गरिएको अन्तिम सम्झौता कतिमा गरियो भन्ने खुलाइएको छैन। हस्ताक्षर समारोहमा एससीएका वकिल खालिद अबुबअरले नहर प्रशासन सम्झौताको सर्त गोप्य राख्ने प्रतिबद्धता जनाए।

सो कार्यक्रममा प्रसारण गरिएको एउटा पहिल्यै रेकर्ड गरिएको सन्देशमा सोई किसेनको सहायक कम्पनी ईमाबरी सीपबिल्डिङका युकितो हिगाकीले आफ्नो कम्पनी एससीएको 'एउटा नियमित र प्रतिबद्ध सेवाग्राही' रहिरहने बताए। भारतीय चालक दलले चलाएको उक्त पानीजहाजमा अझै १८,३०० कन्टेनरहरू छन्।

द नेदरल्याण्ड्सको रोटरडामतर्फ जानुअघि तिनको इजिप्टकै पोर्ट सेडमा जाँच पास हुनेछ। त्यसपछि उक्त जहाज यूकेको पोर्ट अफ फिलिक्स्टोमा पुगेर सामानहरू ओराल्ने द वाल स्ट्रीट पत्रिकाले जनाएको छ।