• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ

प्रेमप्रसादको परिवारले पाए बीमाबापतको ५० लाख रुपैँया



काठमाडौं । बानेश्वरस्थित संघिय संसदभवन अगाडी आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारले बीमाबापत दावी रकम रु ५० लाख पाएका छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको हो ।

कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस थप गरी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए । कम्पनीले मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको छ ।

आचार्यले सो कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए । उनले आत्मदाह गर्नु अगाडि सामाजिक सञ्जालमार्फत नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४/५ लाख रुपैयाँ खाइदिएको आरोप लगाएका थिए ।