२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको हो ।

मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउप) निर्णायक देखिएको छ । आफ्ना राजबन्दीलाई रिहाइ नगरेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने सो पार्टीले जनाउँदै आएको छ । त्यसैले रावल नेतृत्वको सरकार संकटमा परेको जनाइएको छ ।