२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित भएको हो ।

मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टी (नाउप) निर्णायक देखिएको छ । आफ्ना राजबन्दीलाई रिहाइ नगरेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने सो पार्टीले जनाउँदै आएको छ । त्यसैले रावल नेतृत्वको सरकार संकटमा परेको जनाइएको छ ।