• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   हज समितिमा अनियमितता : सांसद अशिम शाह र पूर्व अध्यक्ष मियाँको भूमिका शंकास्पद ★   सरकारले सबैखाले विपदबाट क्षति भएका घरको पुनर्निर्माणका लागि अनुदान दिने ★   सन्दिप प्रकरण: आफू बिरुद्ध ‘नियोजित षडयन्त्र गर्नेलाई’ कानूनी दायरामा ल्याउने पारस खड्काको चेतावनी ★   लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान ★   कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह ★   पितापुर्खाको सीप पछ्याउँदै मह सिकार ★   संघ सरकारले कानून निर्माणमा ढिलाइ गर्दा प्रदेशमा कानून कार्यान्वयनमा समस्या आयोः मन्त्री लेखी ★   भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन ★   पाठेघरको अप्रेशनका क्रममा सिकारु डाक्टरले लापरबाही गरी दुवै पिसाब नली काटिदिएको पीडितको आरोप ★   गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन

स्वस्थ पेट – स्वस्थ मस्तिष्क



स्वस्थकर खाना खाने समय नभएका मानिसहरु केही समयपछि बिरामी (शारीरिक र मानसिक) हुन्छन् । उनीहरुका छोराछोरी पनि बिरामी पर्छन् । युवा अवस्थामै तनावले गर्दा अनेक समस्या आइपर्छ । अनि बिरामी भएपछि त जसरी भए पनि स्वस्थकर खानाका लागि समय निकाल्नै पर्छ । तर हामीमध्ये धेरैले पछिको समयका बारेमा विचार गर्दैनौं ।

मानसिक र शारीरिक रुपमा बिरामी पर्छौं अनि मात्र झसङ्ग हुन्छौँ । आधुनिक चिकित्सा विज्ञानले शारीरिक स्वास्थ्य र भोजनको बारे अध्ययन धेरै गरे तापनि मानसिक स्वास्थ्य र भोजनको सम्बन्धका बारेमा भने बिस्तारै अध्ययन हुँदै छ ।

मानसिक स्वास्थ्यसँग भोजनको सम्बन्ध बलियोसँग जोडिएको छ भन्ने तथ्य त केही चिकित्सकले धेरै अगाडिदेखि भन्दै आएका छन् । तर चिकित्सा जगत्ले अहिले बल्ल यसबारे विचार विमर्श शुरु गरेको छ । पेटको स्वास्थ्य राम्रो रहनको लागि स्वस्थकर खाना खान जरुरी छ भन्नेमा शंका छैन । वैज्ञानिक भाषामा अहिले ‘गट माइक्रोबायोम’ को बारे धेरै छलफल शुरु भएको छ ।

‘माइक्रोबायोम’ शब्दको नेपालीमा विशेष शब्द छैन । यो भनेको ‘पेटको संसार’ भनेर बुझ्न सकिन्छ । यसको अर्थ पेटमा रहेका विभिन्न सूक्ष्म जीव अर्थात् कीटाणु, जीवाणु, ढुसी आदि हुन् । यिनले शरीरको विभिन्न अंगमा रहेर त्यसको वातावरणलाई स्वस्थ वा अस्वस्थ राख्न सक्छन् । यी कीटाणु शरीर र पेटको विभिन्न भाग ९आन्द्रा० छाला, फोक्सो आदिमा पनि अवस्थित रहन्छन् ।पेटका कीटाणुहरुकोे उपस्थितिले हाम्रो शरीरको स्वास्थ्य र मानसिक स्वास्थ्यमा ठूलो भूमिका खेल्छ भन्ने सम्बन्धमा वैज्ञानिक अनुसन्धान पनि भएको छ । ‘गट माइक्रोबायोम’ को बारेमा छलफल गर्न एक भिन्नै विज्ञान विधा नै स्थापित भएको छ ।

हाम्रो पेटमा विभिन्न थरीका झन्डै दश निल ९१०,००,००,००,००,००,०००० अर्थात् १०० ट्रिलियन माइक्रोबायोम रहन्छन् । यी कीटाणु–जीवाणुहरुको उपस्थितिले पेट र मस्तिष्कको संरचनामा र स्वास्थ्यमा पनि प्रभाव पार्छन् ।

यदि कुनै व्यक्तिलाई केही चिन्ताले सताएर मनमा लगातार तनाव भइरह्यो भने पेटको माइक्रोबायोमको संरचनामा पनि नकारात्मक असर पार्छ । अनि उसको पेट दुख्ने, दिसा लाग्ने पेट गडबड हुने, पेट ढुस्स हुने, खान मन नलाग्ने आदि समस्या देखा पर्छ । अनि पेटको स्वास्थ्य गडबड भएपछि पुनः मानसिक तनाव हुन्छ ।

वैज्ञानिकहरुले मुसाहरुमा अध्ययन गर्दा थाहा भयो कि जुन मुसाको पेटमा स्वस्थ माइक्रोबायोम थिए ती मुसा बढी चलाख देखिए भने त्यसको तुलनामा जसको पेटमा थरी–थरीका स्वस्थ कीटाणु र जीवाणु थिएनन् तिनीहरु कम चलाख थिए ।

‘बीबीसी २१ फेब्रुअरी २०१९’ मा लेखिएको एक लेख अनुसार झन्डै १ सय वर्षअघि भोजन र मानसिक स्वास्थ्यको बारेमा केही अनुसन्धान भए र हाम्रो भोजन तथा मानसिक स्वास्थ्यबीचमा सम्बन्ध देखियो । १९ औं शताब्दीमा डाक्टर जर्ज पोस्टर फिलिपनले लन्डनको बथलेन शाही अस्पतालमा मानसिक रोगीहरुलाई उपचार गर्ने क्रममा देखे कि मानसिक अवसाद भएका उनका केही बिरामीहरुलाई धेरै कब्जियत हुने, छालाको रंग फुस्रो हुने, उनीहरुमा अल्छीपन हुने गरेको पाइयो । प्रायः मानसिक रोगी भएपछि खाना नखाने भएकाले उनीहरुलाई कुपोषण हुन्छ । यसको बारे विचार गरेर डा। जर्जले सोही अस्पतालमा मानसिक बिरामीलाई उपचारको साथै स्वस्थकर खाना दिएर उनीहरुको पेटको स्वास्थ्य राम्रो पारे । अर्थात् ‘गट माइक्रोबायोम’ स्वस्थ पारे ।

बिरामीहरुको कब्जियत हटेपछि उनीहरुको उदास हुने रोग पनि हट्छ कि भन्ने उनको विचार थियो । उनले बिरामीको खानामा मासु हटाइदिए । माछाचाहिँ खान दिए । साथै केफिर (युरोपमा पाइने विशेष प्रकारको बाक्लो दही, जसमा लाक्टो ब्यासिलाइ नामक कीटाणु धेरै हुन्छ र यसले कब्जियत हटाउन मद्दत गर्छ, खाना पचाउन मद्दत गर्छ) पनि दिए । उदासीपनको समस्या भएका बिरामीलाई डा। जर्जले यसरी औषधिका साथै खानामा समेत परिवर्तन गरेर उपचार गर्दा ३२ जना बिरामीमध्ये ११ जना पूर्णरुपमा निको भए भने १२ जनालाई धेरै नै सुधार भयो ।

हुन त यो अध्ययन थोरै मानिसमा गरिएको थियो । तर यो सानो अध्ययनले पनि हाम्रो मानसिक स्वास्थ्यको स्थितिका सम्बन्धमा हाम्रो पेटमा रहेका कीटाणुहरुको पनि ठूलो भूमिका हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । तर जे भए पनि यतिको भरमा मात्रै मानसिक तनाव, डिप्रेसनजस्ता मानसिक रोगको उपचार गर्न त सकिन्न तर भोजन र मानसिक स्वास्थ्यको बीच सम्बन्ध छ भन्ने कुराचाहिँ स्थापित गर्न सकिन्छ ।

डा। जर्ज फिलिपनको अध्ययनपछि चिकित्सकहरु पेटको कीटाणु र मानसिक स्वास्थ्यको बीच सम्बन्ध छ भन्ने कुरामा धेरै सहमत भएका छन् ।

यद्यपि यो ज्ञानको व्यवहारिक प्रयोग नै गर्ने चिकित्सकहरु भने अझै धेरै कम छन् ।हाम्रो दैनिक अनुभवले भन्छ– हामीलाई तनाव भयो, मानसिक पीडा भयो भने पेटको स्वास्थ्यमा असर पर्छ । जस्तो कि कुनै अति नजिकको मान्छे वा परिवारका सदस्यको मृत्यु हुँदा वा परिवारका धेरैजना बिरामी हुँदा हाम्रो भोक–प्यास हराउँछ, खान मन लाग्दैन । जाँचको बेलामा तनाव भएर विद्यार्थीलाई वाकवाक लाग्ने, खान मन नलाग्ने, घरीघरी दिसा लाग्ने, पेट दुखेजस्तो हुने हुन्छ । आधुनिक चिकित्सा विज्ञानका जनक हिपोक्याटले भनेका थिए, ‘धेरैजसो रोगहरूको जरो पेटमा हुन्छ ।’

आधुनिक विज्ञानले र आयुर्वेद विज्ञानले पनि ‘पेटको समस्याको कारणले पछि विभिन्न रोगहरू उब्जिन्छन् भनेको छ । यसरी परम्परागत ज्ञान, वैज्ञानिक अनुसन्धान आदिले गर्दा बिस्तारै मानसिक रोग र पेटको स्वास्थ्यको बारेमा वैज्ञानिकहरुका बीच छलफल हुन शुरु भएको छ ।

‘पृथ्वीको मौसममा खराबी आए हरेक देशकै हावापानीमा खराबी आएजस्तै पेटको वातावरणमा खराबी आए सम्पूर्ण शरीरमा खराबी आउँछ, साथै मस्तिष्कमा पनि समस्या पर्छ’ भन्ने जानकारी प्रायः हामीलाई हुँदैन । सबै मानसिक रोगीहरूलाई केवल पेटको स्वास्थ्य राम्रो पारेर मात्रै उपचार हुन्छ भन्नेचाहिँ अवश्य होइन तर भोजनको उचित प्रयोग गर्दा मानसिक स्वास्थ्यको उपचारमा ठूलो भूमिका खेल्छ भन्नेचाहिँ पक्कै हो ।